काठमाडौं । सप्तरी, बोदेबर्साइन नगरपालिका-२ बस्ने गुलाब सदायको घरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तेह्रथुम, फेदाप गाउँपालिका-२ यावारा बस्ने याम बहादुर जोगीको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, मादी नगरपालिका-८ मावादिन बस्ने जित बहादुर राईको घरमा बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


