शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनपीएलमा जनकपुर बोल्ट्सकाे लगातार तेस्रो जीत

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटको जीत दर्ता गरेको हो । यसअघि विराटनगर र कर्णालीलाई पराजित गरेको थियो । पोखराको भने लगातार दोस्रो हार हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।जनकपुरको जीतमा जेम्स निसम र लहेरु मिलान्थाका साथै आशिफ शेखको पारि उत्कृष्ट रह्यो ।

त्यसपछि आफिश र लहेरुले जनकपुरको जीतको आधार तयार पारे । दोस्रो विकेटको रुप्मा लहेरु ३२ बलमा ४५ रन बनाएर आउट भएका थिए ।  उनले ८ चौका प्रहार गरे । त्यसपछि हर्ष ठाकेर र आशिफले पारि अघि बढाए पनि सफल हुन सकेनन् । आशिफ ३४ बलमा ३३ रन बनाएर आउट भए । उनलाई पोखराका कप्तान कुशल भुर्तेलले आउट गरेका थिए ।

अन्त्यमा जेम्स निस र हर्ष ठाकेरले जनकपुरलाई जिताए । निसमले २० बलमा ४० रनको नटआउट पारि खेले । उनले ५ छक्का प्रहार गरे ।हर्ष भने १३ रनमा नटआउट रहे ।पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए । टियू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।

पोखराका लागि दीनेश खरेल र आन्द्रेस गोउस ओपनिङका लागि आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे । पाँचौं ओभरको अन्तिम बलमा टिमको स्कोर ३२ रन हुँदा आन्द्रेस १६ बलमा २० रन बनाएर पभेलियन फर्किए । उनलाई ललित राजवंशीको बलिङमा आशिफ शेखले क्याच गरेका थिए।

स्कोरबोर्डमा २ रन थपिएका बेला दिनेश खरेल पनि पभेलियन फर्किए । जेम्स निसमको बलमा तुल थापाबाट क्याच आउट भए । दिनेशले १७ बलमा १० रन बनाए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका कप्तान कुशल भुर्तेल आज पनि धेरै बेर टिकेनन् । उनले ६ बलमा ६ रन बनाएर आउट भए । उनलाई ललितले नै आउट गरेका थिए । चौथो विकेटको रुपमा दिलीप नाथ एलबीडब्ल्यू आउट भएका थिए । तर उनले असन्तुष्टि जनाएका थिए । दिलीपले १४ बलमा ११ रन बनाए । उनले एक चौका प्रहार गरे । त्यसपछि मार्कस क्रेथ्लेले ३० बलमा ३५ रनको पारि खेले । उनले एक छक्का र तीन चौका प्रहार गरे ।

रेमोन रेइफर र मिचेल लिस्क मिलेर पोखराको पारि अघि बढाएका थिए । तर रेइफर २० बलमा १७ रन बनाएर कप्तान अनिलको हातबाट क्याच आउट भए । उनी आउट हुँदा पोखराले स्कोरबोर्डमा ६–१३१ रन बनेको थियो । अन्तिम ओभरमा लगातार तीन बल डट खेलेपछि चौथो बलमा माइकल लिस्क क्याच आउट भए । उनले १३ बलमा २५ रन बनाउँदा ३ छक्का प्रहार गरेका थिए । पोखराका नारायण जोशी ५ तथा विपिन खत्री १ रनमा नटआउट रहे ।

जनकपुरले आज ६ जना बलर प्रयोग गरेको थियो । ललित राजवंशीले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए । यसैगरी जेम्स निसमले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए भने मोहमद मोहसिनले ४ ओभरमा १७ रन दिएर १ विकेट लिए । किशोर महतोले ४ ओभरमा ३२ रन दिएर १ विकेट लिए ।

यो पनि पढ्नुहोस्

रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा दोस्रो जित हासिल

१ दिन अगाडि
नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले हराउँदै रोमाञ्चक जित दर्ता

साफ महिला च्याम्पियनसिप खेल्न टोली घोषणा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक