शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रतन कार्कीविरुद्ध साइबर ब्यूरोले अनुसन्धान अघि बढायो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अमेरिका लैजाने बहानामा नागरिक फसाएर ५ कराेड १९ लाख ठगिएको भन्दै १० पीडितले गुहारे प्रहरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।

युट्युब तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक, इन्सटाग्राममा सक्रिय कार्कीको अभिव्यक्तिले अराजकता फैलाएको भन्दै साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको हो । दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले ‘प्रधानमन्त्रीलाई मार्नुपर्ने’ आशयको अभिव्‍यक्ति दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खेल भएको दिन उनले रंगशालामा ‘मार्न सकिने’ अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

उक्त अभिव्यक्ति उछृङ्खल भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो। ‘उहाँको अभिव्यक्तिविरुद्ध हामीले अनुसन्धान अघि बढाएका छौं । यस्ता अभिव्यक्ति दिनेलाई इन्टरपोलको सहयोगमार्फत नेपाल ल्याएर कारबाही गर्न सक्छौं’, साइबर ब्यूरोका एक अधिकारीले भने। साइबर ब्यूरोले अनुसन्धान अघि बढाएपछि सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफ्नो अभिव्यक्तिप्रति कार्कीले माफी मागेका छन् । आफ्नो इन्टेन्सन त्यस्तो नभए पनि बोल्ने बेलामा जिब्रो चिप्लिएर मार्छु भन्ने शब्द प्रयोग भएको भन्दै उनले स्ष्टीकरण दिएका छन् । उक्त शब्द प्रति माफीसमेत माग्दै उक्त भिडिओसमेत आफूले हटाइसकेको भ्लगर कार्कीले उल्लेख गरेका छन् ।

चितवनका कार्की अहिले विद्यार्थी भिसामा जापानमा छन् । उनी जापानमै रहे पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएर कारबाहीको प्रक्रिया समेत अघि बढाउन सुरु गरेको छ । विदेशमा बसेरमा विद्युतीय माध्यममार्फत साइबर अपराध गर्नेविरुद्ध साइबर ब्यूरोले कारबाही गर्दै आएको छ । कार्की मात्रै होइन यसअघि पनि यस्तै घटनामा अन्य व्यक्तिहरुलाई विदेशबाट नेपाल ल्याएर कारबाही गरेको तथ्यांक साइबर ब्यूरोसँग छ ।

साइबर ब्यूरोको तथ्यांक अनुसार विदेशमा पुगेर अपराध गर्ने, विशेषतः साइबर अपराध गर्ने नेपालीको संख्या उत्तिकै छ । आर्थिक वर्ष २०८०/८१ मा विदेशमा बसेर साइबर अपराध गरेको आरोपमा ७ नेपाली विरुद्ध नेपालमा मुद्दा दायर भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म दुई जना विरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

चालु आर्थिक वर्षको २१ साउनमा रोमानियामा बसेर साइबर अपराध गरेका एक युवक घर फर्केका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । साइबर ब्यूरोको टोलीले तनहुँ घिरिङ गाउँपालिका–१ का ३५ वर्षीय सन्दिप थापा मगरलाई पक्राउ गरेको थियो । उनले एक महिलाको फेसबुक ह्याक गरी श्रीमान्–श्रीमतीबीच भएका कुराकानी तथा तस्बिरहरू सार्वजनिक गरिदिएका थिए ।

उक्त कुराकानी तथा तस्बिर र भिडिओहरू नक्कली आईडी बनाएर उनीहरूका आफन्तलाई पठाउँदै ब्ल्याकमेलिङ गरेको पाइएपछि उनलाई पक्राउ गरेर साइबर ब्यूरोले कारबाही अघि बढाएको थियो । गत १६ असोजमा पनि अर्का युवक यस्तै प्रकृतिको घटनामा पक्राउ परेका थिए । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपाली महिलाको चरित्र हत्या गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिका–५ घर भएका २९ वर्षीय खगेन्द्र यरी पक्राउ परेका थिए ।

मलेसियाबाट काठमाडौं आएका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए । विदेशमा बसेर साइबर अपराध गरे पनि उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा साइबर मुद्दा दर्ता गरेर प्रहरीले यरीलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको थियो । नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) मार्फत प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेपछि यरी विरुद्ध रेड नोटिस पनि जारी भयो । मलेसियामै बसेर गरेको कसुर भए पनि अन्ततः उनी नेपालमा पक्राउ परे ।

साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार विदेशमा बसेर नेपालमा साइबर अपराध गर्नेलाई पक्राउ गरेर नेपालमै कारबाही गर्ने र विदेशमै नेपालीले नेपालीमाथि साइबर अपराध गरे सम्बन्धित प्रहरीलाई जानकारी गराएर पनि कारबाही हुँदै आएको छ । ‘नेपाली समाजको डायस्पोरा फराकिलो भएको छ । कुनै समस्या आउनासाथ विदेशदेखि नेपाल प्रहरीलाई नै खबर आउने गर्छ । त्यसपछि हामीले सम्बन्धित देशको प्रहरीसँग समन्वय गरेर त्यहीं कारबाही पनि गरेका छौं । नेपाल फिर्ता ल्याएर पनि कारबाही गरेका छौं’ एसपी अवस्थीले भने ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

६ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

महानिर्देशक गजेन्द्रकुमार ठाकुर तानिए

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक