शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूह (PGDPS १४औं ब्याच) को सोही प्रतिष्ठानमा सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढिकरणका लागि सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित हुने, असाह्य, पीडित र अन्यायमा परेका हरेक नागरिकको आड र भरोसाको केन्द्र रहेको चर्चा गर्दै यस्तो संगठनमा आवद्ध भएर प्राप्त हुने कर्म र धर्मको समिश्रणको सौभाग्य धेरै कमलाई मात्र प्राप्त हुने भएकोले देश र नागरिकको सेवामा समर्पित नेपाल प्रहरी जस्तो ऐतिहासिक एवम् गरिमामय संगठनमा प्रशिक्षार्थिहरूलाई स्वगत समेत गर्नुभयो ।

भविष्यको मार्गचित्र आधारभूत तालिमका दौरानमा नै तयार हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘नेपाल प्रहरीको अधिकृत हुनुमा जति गर्व जोडिएको छ, यो सँगै जोडिएर आउने चुनौतिहरूको दायरा पनि त्यतिकै बृहत्तर छन् । प्रहरी सेवा केवल जागिर मात्र नभई एउट जीवनशैली पनि हो । यो सेवामा हामीलाई हरदम उच्च व्यावसायिकता, पवित्र निष्ठा, अदम्य साहस र अविचलित समर्पण भावको आवश्यकता रहन्छ । एक सक्षम नागरिकबाट एक कुशल प्रहरी अधिकृतका रूपमा रूपान्तरण हुन आवश्यक पर्ने सैदान्तिक र व्यवहारिक ज्ञान आर्जन पश्चात मात्र सम्भव हुने हुँदा हरेक प्रहरी अधिकृतहरूलाई आधारभूत तालिमको विशेष महत्व हुने गर्दछ ।’ कार्यक्षेत्रमा अप्रत्याशित परिस्थितहरूको विच हर क्षण कार्यकुशलता, क्षमता र दक्षताको प्रदर्शन गर्दै आफ्नो कार्य क्षेत्रमा आई पर्ने विभिन्न चुनौतिहरूको सामना गर्दै एक कुशल कमाण्डरको भूमिका निर्वाह गर्न तालिममा सिकेका सीप ज्ञान र कौशलले कर्तव्यपथमा निरन्तर निर्देशित गर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेशमा प्रहरीको चुनौति, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएको उल्लेख गर्दै संगठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै विगतको दशकमा पुलिसिङमा धेरै परिवर्तन एवम् विकास भएको र सोही अनुरूप विगत र वर्तमानलाई मात्र नभई भविष्यमा समेत सक्षम र दक्ष ठहरिने गरी प्रशिक्षण कार्यक्रमहरू संचालन हुन आवश्यक रहेको बताउनुभयो । कठिन परिश्रम र अथक लगावबाट मात्र सफलता प्राप्त हुने भन्ने कुरा प्रशिक्षणले सिकाउँदै लैजाने चर्चा गर्दै उहाँले प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ६५ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३० जना गरी कूल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको सहभागिता रहेको छ ।

PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन, PGDPS कार्यक्रमका सल्लाहकार, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

 

 

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

६ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

महानिर्देशक गजेन्द्रकुमार ठाकुर तानिए

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक