दशैंको फूलपातीको दिन (असोज २४) निगमको A320 जहाजबाट काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गर्ने निगमले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
चाडपर्वको समयमा राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त हुँदा स्थल आवागमनमा कठिनाई भएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको निर्देशन अनुसार यस्तो व्यवस्था गरिएको बताइएको छ ।
यात्रुहरुले निगमको आन्तरिक बिक्रि कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
यस्तो छ उडान तालिका:


