बिष्णु गिरी निश्चल
काठमाडौदेखि जहाजको यात्रा गरेकोले होला हामी कसैलाई थकाईको महसुस नै भएन । कार्तिक २५ गते बेलुका ७ बजे सम्म काठमाडौमै रहेका हामी भोलीपल्ट बिहान ११ बजे रारा ताल पुगिसेका थियौ । चारैतिरको प्रकृतिको सिर्जना नियाल्दै खासगरी आकासमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोकप्यास केही अनुभव हुँदैन । प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिन्छ । रारा तालको अवलोकन पश्चात लाग्यो कर्णाली रोग, भोग, शोक र अभावको केन्द्र होइन यो प्राकृतिक सम्पदा, सौन्दर्यताले भरीपूर्ण अपार सम्भावना बोकेको क्षेत्र हो ।
बिष्णु गिरी ‘निश्चल‘
काठमाडौ । मुगु जिल्लामा रहको रारा ताल पुग्ने रहर धेरैको हुन्छ । रारा पुग्न सहज भने छैन मलाई पनि रारा घुम्ने असाध्यै रहर थियो । साथीभाइले रारा घुमेको फोटो फेसबुकमा राखेपछि औधी रारा घुम्ने इच्छा जाग्थ्यो तर एक्लै घुम्न जान सक्ने आट थिएन । खाने मुखलाई जुगाले छेक्दैन भनेझैँ यस बर्षको भाईटिकासँगै रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो । हामी उहि उमेर समुहका उहि ब्यबसायमा सम्लग्न ८ जना साथीहरु मिलेर रारा ताल अवलोकन गरेर छाडने अठोट गरियो । बर्षमा एकपटक आउने भाईटिका लगाउने सबैलाई रहर हुन्छ । हामी आठजना मध्ये ४ जनाको काठमाडौमै भाईटिका थियो । १ जनाको चितवन अर्कोको नवलपुर अर्कोको स्याङ्गजा र अर्कोको रुपन्देहीमा भाईटिका थियो । कार्तिक २५ गते भाईटिकाको साईत थियो । सोही दिन टिका लगाएर सोही दिनको राती १० बजे नेपालगन्जमा भेटने र भोलीपल्ट त्यहाँबाट नेपाल एयरलाईन्सको बिमान मार्फत मुगुको ताल्चा बिमानस्थल जाने र त्यहाँबाट पैदल यात्रा गरि रारा घुम्ने योजना बन्यो त्यसलाई सार्थकता दिने धिरेन्द्र सरले नेपालगन्ज देखि मुगुको ताल्ता सम्मको ८ जनाको हवाई टिकटको ब्यस्थापन गरेपछि हामी टिम जाने कन्र्पmम नै भयो । पछि अर्को मित्र दिलसनजीले काठमाडौ देखि नेपालगन्ज सम्मको श्री एयरलाईन्सको टिकट कन्र्फम गरेपछि झन ढुक्क भईयो ।
उपत्यका बाहिर रहेका साथीहरुसँग निरन्तर सम्बादगरी भाईटिका लगाएपछि सबैभन्दा टाढाको साथीले हामीले घुम्न जानको लागि बनाएको हवाट्स गुपमा म निस्के है भनेपछि सबैजना राराको तयारीमा लाग्यौ । म लगायत ४ जना साथी काठमाडौमा जानु पर्ने भएकाले हाम्रो ३ः१५ को प्लेनको टिकट थियो । तर सोही दिन काठमाडौमा ठूलो मुस्लधारे असिना पानी परयो बिमानस्थल डुब्यो । बिमान स्थलका समान जाँच गर्ने उपकरणले काम गर्न छाड्यो भन्ने सुनियो । हवाई उडान् क्यान्सील भएको सुनियो यतिनजेल सम्म हामी चार जना भेला भईसकेका थियौ । हामी चार जनाले हवाई उडान क्यान्सील भएर जान नपाए काठमाडौमै कतै रमाईलो गरेर बस्ने निर्णय समेत गरेका थियौ तर एक्कासी जहाज उडेन खबर आयो र हामी बेलुका ७ बजे तिर काठमाडौबाट नेपालगन्ज उड्यौ । नेपालगन्ज पुग्ना साथ ससस्त्र प्रहरी बलले आयोजना गरेको देउसी भैलो कार्यक्रमा सहभागिता जनाईयो र रमाईलो गरियो । त्यसपछि एयरपोट नजिकै रहेको होटलमा बास बसियो । हामी होटलमा पुग्दा बिभिन्न जिल्लाबाट आउनु भएका साथीहरु अगाडिनै पुगेर बसीसक्नु भएको रहेछ । केहीबेर भलाकुसारी पछि भोलीको सुन्दर यात्राको परिकल्पना गदै निन्द्रादेबीको सरणमा पुग्यौ ।
भोलीपल्ट हामी कार्तिक २६ गते बिहान ६ः४५को नेपालगन्ज मुगुको फ्लाईट थियो तर हामीलाई बिहानै ५ बजे एयरर्पोट आउने सूचना आयो र हामी बिहानै नेपालगन्ज एयरर्पोट पुग्यौ । बिमानमा १० जना यात्रु र चालक दलका ३ सदस्य मात्रै थिए । हाम्रो टोलीमा आठ जना थियौ । बिमान हामीले चार्टर गरेर उडाएको जस्तै भान भयो । बिमानको अवस्था हेर्दा निक्कै दयनिय थियो । बिमानको सिट टेपले टासेको । कही फाटेको पाईलट र पेसेन्जर बिचको ढोकाको चुक्कुल फुस्कीएको सिटबेल्ट च्यातिएको बिमानको सामान्य कुरापनि ठिकठाक थिएन लाग्यौ यहि भएर होला नेपाल एयरलाईन्सको प्रगति नभएको । यात्राको बिकल्प हामीसँग थिएन त्यसैले नेपालगन्ज देखि मुगुको ताल्चा बिमान स्थलसम्म बिभिन्न दृश्यहरुको अवलोकन गदै साथीहरुबीच रमाईलो कुराकानी गदै हाँसो ठट्टागदै हामी मुगुको ताल्चा बिमानस्थलमा ओलियौ ।
विमानस्थलको गेट अगाडिको चिया पसलमा जडिबुटी चिया खायाँै । केही बेर आराम गरेपछि हामी राराको यात्राको लागि अगाडि बढ्यौ बाटो प्रणब जीले सिस्नोको बोट समाप्दा पोल्यो भन्दा अर्के अनुभति भयो । फोटो भिडियो खिच्दै अगाडि बढ्यौ । हामीलाई हिड्न अप्ठयारो भएपछि धिरन्द्र जीले गाडि मगाउनुभयो अनि हामी सबै गाडिमा चढेर मुगु जिल्लाको सल्लेरी पुगियो । आर्मीको अतिथी गृहमा बास बस्ने निधो सहित हामी समान राखेर सामान्य खाजा खाएर रारा ताल तिर लागियो । काठमाडौदेखि जहाजको यात्रा गरेकोले होला हामी कसैलाई थकाईको महसुस नै भएन । कार्तिक २५ गते बेलुका ७ बजे सम्म काठमाडौमै रहेका हामी भोली पल्ट बिहान ११ बजे रारा ताल पुगिसेका थियौ ।
नेपाली सेनाको संरक्षणमा रहेको रारा तालको सुन्दरता बयान गरेर नसक्ने रहेछ । रारा ताललाई महेन्द्र ताल पनि भन्ने चलन रहेछ । २९९० मिटरको उचाइ, ५००० मिटरको लम्बाई ३००० मिटरको चौडाइ १६७ मिटर गहिराईको उक्त रारा ताल निलो देखिन्छ मध्यान्ह १२ बजेतिर रारा निकै सुन्दर देखिन्छ । साँच्चीकै रारा ताल अनुपम सुन्दरताको खानी रहेछ । पढ्नु, सुन्नु र प्रत्यक्ष पुग्नुमा कति फरक छ भन्ने विषय रारा पुगेर मात्र अनुभूत हुन्छ । रारा पुग्नै लाग्दा सल्लाका रुख भएको बाक्लो बन पार गरेर खुल्ला चौरमा पुगेपछि देखिन्छ छ विशाल जल सतह । चौरमा नपुगुन्जेलसम्म रुखहरुका बीचबाट देखिएको ताल खण्डखण्ड परेको अपुरो देखिन्छ । जब पूरा ताल देखिन्छ, अनि त बाटाका अनेक दुःख कष्ट च्याट्टै बिसर्न मात्र होइन, शरिर नै हलुका भएर उड्न खोज्छ । खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्दरुपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरु छर्लङ्ग देखिन्छन् । अनि देखिन्छ मुर्माकोटतर्फको भूभाग, बस्ती र फाट्टफुट्ट रहेका रुख बिरुवा एवं केही न केही खेती हुर्किइरहेका बारीहरु । मुगाली घोडा मालिकहरु देखा पर्दछन् । धेरै अपेक्षा नभएका र खुशी अनुहारसहितका मुगाली केटाहरु । घोडा कतिबेर चढ्ने हो कहाँसम्म जानुपर्ने हो वा चौरमा केहीबेर चढेर फोटो मात्र पो खिच्ने हो कि हेरिकन तिर्नुपर्ने दररेट रहेछ । यहाँ पुग्ने प्रायः सबैले घोडा चढेर फोटो खिच्ने अवसर गुमाउन चाँहैनन् । घोडचढी बाहेक तालसँगै रमाउने अर्को माध्यम भनेका डुङ्गाबाट ताल वारपार गर्ने वा तालको किनारैकिनार परिक्रमा गर्नु रहेछ । हामीले पनि त्यो अवसर गुमाउन चाहेनौ घोडा चढियो फोटो भिडियो खिचियो रारा तालको बारेमा आ आफ्नो बुझाई अनुसार सम्बाद गरियो । केही साथीले जुत्ता खोलेर तालको पानि सर्पस गरे । ताल नजिकै बसेर ध्यान गरे । प्रकृतिको अनुकम कृपा प्राप्त गरेकोमा मुगुबासीलाई धन्यबाद दिईयो ।
तालबाट उत्तरतर्फ मुर्माकोट नामक बस्ती तथा डाँडाको सर्वाधिक उच्च भागलाई मुर्माटप नाम दिइएको रहेछ । ताललाई दक्षिण पारी उक्त वस्ती र नजिकैको रिसोर्ट पुग्न कि त घोडा चढेर जानुप¥यो कि पैदल यात्रा । तालतर्फ नै फर्केको मुर्माकोटको पाखामा रिसोर्टहरु सञ्चालनमा रहेछन् भने मुर्माकोट बस्तीमै केही होमस्टे समेत सञ्चालनमा ल्याइएको रहेछ । तालदेखि हिँडेको करिब दुई घण्टामा मात्र रिसोर्ट भएको ठाउँ पुग्न सकिने रहेछ । रारा ताल पुगेपछि फोटो खिच्नको लागि घोडा चढियो तर हामी घोडाबाटै मुर्मु सम्म जाने निर्णय गरियो । घोडा चढ्नुको मञ्जा छुट्टै छ । जीवनमै पहिलो पटक घोडा चढ्दा सुरुवा खुसीयला कि लडिएला कि भन्ने डर लाग्यो तर सुरुवातीमा डर लागे पनि एक छिनको यात्रा गरेपछि घोडामा सवार गर्न निकै रमाइलो लागेको थियो । घोडा यात्रा मार्फत हामी रारा ताल आसपास भएर मुर्मु होमस्टेमा पुग्यौ । १४÷१५ बर्ष देखी ४०÷४२ बर्षका देखिने पुरुषहरुले डो¥याएको यात्रा गर्दा हामीले धैरै अनुभुति गरायौ शहरमा रहेका १५ बर्षको बालकले केही गर्न नक्सने तर त्यहाँका १५ बर्षको बालकले आफू पढेर पनि परिवारको जिम्मेबारी बोकेको देखियो । मानौ हाम्रो जिवन तिनै १४÷१५ बर्षका बालक माथि थियौ । घोडा यात्राको क्रममा घोडामा पश्चिमेली देउडा भाकाहरू गीत गाएर घोडा धनीहरूले हामीलाई निकै रमाइलो गराए । दुई घण्टाको कठीन यात्रा पश्चात हामी मुर्मु पुग्यौ र त्यही खाना खायौ ।
चारैतिरको प्रकृतिको सिर्जना नियाल्दै खासगरी आकासमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोकप्यास केही अनुभव हुँदैन । प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिन्छ । २९९० मिटर उचाइमा फैलिएको यो विशाल ताल केवल पानीको थुप्रो होइन, भावनाको गहिराइ हो । बिहानको घामसँगै राराको रङ फिक्का हरियो र निलोमा खेल्छ । दिउँसो गहिरो नीलो ऐनाजस्तै बन्छ भने साँझ सुनौलो प्रकाशमा बैजनी मुस्कान छर्छ । दिउँसोपछि चल्ने हावाले तालमा छाल उठाउँछ । डुङ्गा रोकिए पनि मन भने चलिरहन्छ । पानीमा हल्लिने हिमालको प्रतिबिम्बले सोचलाई अझ गहिरो बनाइदिन्छ । चराहरूको चिरबिर, टाढाबाट सुनिने घोडाको घन्टी र झ्याउँकिरीको धुनले रारालाई केवल दृश्य होइन, संगीत बनाइदिन्छ । रारा केवल प्राकृतिक सम्पदा मात्र होइन यो हिमाली जीवन, संस्कृति, मौनता र सन्तुलनको प्रतीक हो । रारा तालको अवलोकन पश्चात लाग्यो कर्णाली रोग, भोग, शोक र अभावको केन्द्र होइन यो प्राकृतिक सम्पदा, सौन्दर्यताले भरीपूर्ण अपार सम्भावना बोकेको क्षेत्र हो ।
हाम्रो नेपाली भाषाको उत्पति स्थल, हाम्रा पुर्खाले शासन गरेको राजधानी, सिँजा, जुम्लाको तातोपनी, चन्दननाथ, भैरवनाथजस्ता धार्मिक एवम् पर्यटकीय स्थलहरूको धनी रहेछ । यात्रामा सहयात्री बनेका हामी आठ जना कोही सादा त कोही रङ्गीन तर यात्राको अवधिभर हामी सबै होस्टेमा हैसे गर्दै,सँगै नाँथ्यौँ, गाउँथ्यौँ, हाँसो ठट्टामा व्यस्त हुन्थ्यौँ । हामीसँग केही साथीहरू मदिरा सेवन गर्ने हुनुहुन्थ्यो । यात्री मध्ये एक जनाले भने चिसोमा पेट्रोल नहाले त हाम्रो इन्जिनले कहाँ काम गर्ला र सर ।’ यात्राको दौरान हामीले आयातित खाना खाएनै त्यहाँ जे फल्थ्यौ त्यही खायौ । च्याङ्गरा, लोकल कुखुरा, दाल लगायत लोकल खाना नै हाम्रो लागि प्राथमिकता बन्यौ । यात्रामा सहभागी हामी सबैको राराको यात्रा पहिलो नै थियो । रारा ताललाई वि.सं.२०२० साल चैत्र १३ गते राजा महेन्द्रले महेन्द्रताल भनेर घोषणा गरे । गाईको खुर वा कचौरा आकारको यो तालमा विश्वको सबैभन्दा अग्लो स्थानमा पाइने जलकपुर असला माछामात्र पाइन्छ । तालको निकास पश्चिमतर्फ खत्याड खोला हो, जुन कर्णाली नदिमा मिसिन्छ । सोही खोलाबाट तीन किलोवाटको बिद्युत निकालिएको छ । राराको पूर्वतर्फ छाँयानाथ देवीको मन्दिर छ । पानीको निकास नहुँदा ताल फुटेर गमगढी तिरको बस्ती नास हुने सम्भावना भएकाले सो क्षति रोक्न छाँयानाथले पश्चिमतर्फ बाण प्रहार गर्दा खत्याड खोला बनेर पानी निकास भएको स्थानीयबासीको भनाई छ । रारातालको कूल क्षेत्रफल १० दशमलव ६३ वर्ग किलोमिटर रहेको छ । तालमा चाँदीका घेराजस्तो हिमालका प्रतिबिम्बहरू देख्न सकिन्छ । वि.सं.२०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्जले (१०६ वर्ग कि मि) घेरिएको यो तालको वरिपरि विश्वकै सबैभन्दा सानो लालीगुँरास पाइन्छ । स्वर्गकी अप्सरा उपमाले चिनिने रारा तालको काखमा लडिबुडी गर्दागर्दै समय गएको पत्तै भएन । हामीले नेपाल आर्मिको समन्यमा २१ मिनेट लामो रारा ताल भित्र बोटिङ गर्ने अवसर मिल्यो । नयाँ र अत्यन्तै चिसो ठाउँ भए पनि बडो उपलब्धि मूलक रहेको सबैको साझा निष्कर्ष रह्यो । भ्रमण खाली रमाइलोको लागि मात्र हुँदैन । माथिल्लो कर्णालीको भूबनोट, रहनसहन, भेषभुषा, कला सँस्कृति, पेशा व्यवसाय, परम्परा आदिको बारेमा समग्रतामा सिक्ने बुझ्ने अवसर प्राप्त भयो । नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध ताल जसको सुन्दरताको जति बयान गरेपनि कमै हुन्छ । त्यसैले भनिएको होला रारालाई ‘स्वर्गकी अप्सरा’ । राष्ट्रिय निकुञ्ज भित्र नीलो पानीले घेरिएको यो ताल हेर्दा चाहे कसैका आँखा थाक्दैनन् होला । रारा केवल घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन्,यो अनुभव र अनुभूति साटासाट गर्ने माध्यम पनि हो । क्रमश…….
लेखक बिष्णु गिरी निश्चल कानून ब्यबसायी हुन् ।


