आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद् स्थानको पहिचान गर्न नसक्दा मानवीय क्षति : रक्षामन्त्री

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विपद्  स्थानको पहिचान गर्न नसक्दा मानवीय क्षति  : रक्षामन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको जनाउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको बताउनुभएको हो । उहाँले कतिपय अवस्थामा विपद्मा परेकाहरूले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकोप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको जानकारी दिनुभयो ।

मन्त्री राईले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताउनुभयो ।

‘‘सुनकोशी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्योभित्र हेलिकोप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरूले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय हुन नसक्दाखेरी कुन ठाउँमा म छु, त्यहाँ हेलिकोप्टर बस्न सक्छ कि सक्दैन ? सानो हेलिकोप्टर कि ठुलो हेलिकोप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरी कहाँ उद्धार गर्ने ? हेलिकोप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतीत भएको ।,’’ रक्षामन्त्री राईले भन्नुभयो, ‘‘त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकोप्टर कहाँ आउने ? कतिजना मान्छे छ ? कुन खालको वृद्धवृद्धा, घाइते छन् ? सजिलो भयो । स्थानीय तहको ठुलो भूमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु ? कुन टोलमा छु भन्नेसम्म विपदमा परेका मान्छेहरूले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’’

उहाँले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

१५ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक