बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तस्बिर सङ्गृहीत पुस्तक ‘दी हिमालयज’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
तस्बिर सङ्गृहीत पुस्तक ‘दी हिमालयज’  सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लेखनाथ । रुसी फोटोग्राफर एवं लेखक युरी रोडिचेभले २१ वर्षमा ३२ पटक नेपाल भ्रमणका क्रममा खिचेका हिमाल, हिमाली बस्ती, नेपालका ऐतिहासिक स्थलका तस्बिर सङ्गृहीत पुस्तक ‘दी हिमालयज’ पोखरामा शनिबार सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराद्वारा आयोजित कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र फोटोग्राफर रोडिचेभले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको हो । ८४ वर्षीय रोडिचेभका ४२ फोटोको प्रदर्शनीसमेत शनिबारबाट पोखरामा सुरु भएको छ ।

मुख्यमन्त्री पाण्डेले नेपालीले निवृत्त र निष्क्रिय जीवन बिताउने उमेरमा विदेशीले गरेको कामबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको पर्यटन प्रवर्धन गर्दा हिमाल छुटाउनै मिल्दैन । युरी जस्ता व्यक्तित्वको योगदानको एकातिर कदर गर्नु पर्छ भने अर्कातिर त्यसबाट प्रेरणा लिनु जरुरी छ ।”

फोटोग्राफर रुडिचेभले रुसका १६१ सहरमा १८१ पटक प्रदर्शन भइसकेका तस्बिर नेपालमा प्रदर्शन र पुस्तक दुवै रूपमा बाहिर ल्याएको जानकारी दिनुभयो । उहाँले हिमाल र नेपालीको सङ्गतले जीवनलाई हेर्ने दृष्टिकोण नै फराकिलो बनेको बताउनुभयो ।

फोटोग्राफर रुडिचेभले सन् २००३ मा ६३ वर्षको हुँदा सात हजार ४५ मिटर अग्लो लाक्पारी हिमालसमेत आरोहण गर्नुभएको थियो । दी हिमालयजको प्रकाशनका लागि नेपाल पर्वतारोहण सङ्घ, फ्रेन्ड्स एड्भेन्चर टिम, होली हिमालयज र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् । १८४ पेजको पुस्तक मञ्जरी शाक्यले सम्पादन गर्नुभएको हो । म्याप हाउस काठमाडौँले प्रकाशन गरेको पुस्तकको मूल्य तीन हजार पाँच सय रुपियाँ रहेको छ । उहाँका तस्बिर, कला र प्रकृतिसम्बन्धी १४ पुस्तक प्रकाशित छन् ।

यो पनि पढ्नुहोस्

अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुल्याे

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

१ मिनेट अगाडि
टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप

इन्टरनेट सेवा प्रदायकहरूलाई विवरण पेस गर्न सूचना जारी

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक