बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

झ्याप्ले खोलाको पहिरोले ठूलो रुप लियो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
झ्याप्ले खोलाको पहिरोले ठूलो रुप लियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
मलेखु (धादिङ) । ‘पहिरो’को पर्यायवाची नाम जस्तै बनेको छ ‘झ्याप्ले खोला’ । नौबिसे नागढुङ्गा हुँदै यात्रा गर्ने पूर्वपश्चिमका यात्रुबीच पनि यो नाम चर्चित छ ।

 हाल पहिरो गएको भन्दा केही मिटर पर एउटा खोल्सा छ । त्यहाँ एक धारोबाट पानी बग्छ । बिहीबार राति पहिरो खसेको अघिल्लो र पछिल्लो भित्ताबाट हरेक बर्खामा पहिरो गइरहन्थ्यो । सबैले ‘झ्याप्ले खालाको पहिरो !’ अथवा ‘झ्याप्ले खोलाको जाम !’ भन्थे । चालकले पनि त्रासैत्रासमा सवारी हुँइक्याउँथे ।

यो पटक भने झ्याप्ले खोलाको पहिरोले ठूलो रुप लियो । माथिल्लो सडकको डिल भासिएर तल्लो सडकमा थुप्रिन पुग्यो । माथिल्लो सडक भन्नाले नौबिसे नागढुङ्गा सडक कै सिरान हो । जुन स्थान नागढुङ्गाबाट थारै तल पर्छ । त्यो स्थान पनि भौगोलिक रुपले कमजोर छ । सडक विस्तारको क्रममा छेउकुना भस्काइएको छ । छेउपट्टि ग्याबिन जाली र मेसिनरी वाल लगाइँदै छ । कुनापट्टि भित्ता खारिएको छ । त्यहि भित्ता खारेर माटो फालिएकै डिलबाट सुरु भएको पहिरो बगेर तल्लो सडकसम्म पुगेको हो ।

तल्लो सडक र माथिल्लो सडकबीचको ठाडो दुरी ‘गुगल अर्थ’ले दिएको मापनअनुसार एक सय ८० मिटर छ । ढिस्को भासिएर जङ्गल मढार्दै झरेको पहिरो सडकमा गुडिरहेका सवारीमाथि बजारिन पुगेको हो । घटनास्थल पुगेर फर्किएका धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे भन्छन्, “माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको देखिन्छ र गुडिरहेकै सवारीमाथि खसेको अनुमान लगाउन सकिन्छ । किनकी पहिरोमा पुरिएका सवारीबाट कोही पनि निस्किएर बाँचेको भेटिएन ।”

ढुङ्गामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा करिब १० फिटभन्दा बढी उचाइमा थुप्रियो । पहिरोले सवारी पुरिएको पत्ता लगाउनै मुस्किल पर्‍यो । ढुङ्गामुढा र लेदोसहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान)लाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस)लाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको उद्धारमा संलग्न धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रम जंग रानाले जनाए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलभन्दा अगाडि काठमाडौँतर्फ बिहीबार बेलुका सानो पहिरो झर्‍यो । त्यही पहिरोले गर्दा गाडी जाम लाग्यो । अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारी त्यहीँ रोकिराखिएका थिए । जहाँ धेरै सवारी रोकिएको थियो । त्यही ठाउँमा सडक माथिबाट गेग्रानसहितको लेदो खसेको सडक छेउमा पसल गर्दै आएकी कमला ढकालले सुनाइन्। सवारीको जाम लागिरहेकै देखेर सुतेको र बिहान करिब ०४ बजे ब्यूँझिदा पहिरोले गाडी पुरिएको देखेको उनको भनाइ छ ।

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट आइतबार साँझसम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५, महिला नौ र एक बालक छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका आठ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु रहेको प्रहरीले जनाएको छ । तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकिएको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनःउद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए।

पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ  । यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।

यो पनि पढ्नुहोस्

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

५० मिनेट अगाडि
राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक