शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चाडपर्वमा सुरक्षा योजना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चाडपर्वमा सुरक्षा योजना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चाडपर्वको अवसरमा विभिन्न २० प्रकारका अपराधहरु हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएको छ । परिसरका एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रबार चाडपर्व लक्षित योजना बनाएर सार्वजनिक गरेको छ ।

प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाउको हो। प्रहरीले हुनसक्ने सम्भावित अपराधहरुमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।

यी सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने परिसरका प्रवक्ता नवराज अधिकारीले जनाए। त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ । नाकाहरुमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ ।

कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने प्रवक्ता अधिकारील  जनाए । त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने प्रहरीले जनाएको छ । यसका साथै सिसिटिभीमार्फत पनि सर्भिलेन्स हुनेछ । कुनै घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । यी सबैका लागि काठमाडौं जिल्लामा मात्रै ३ हजार ७ सय ६५ प्रहरी खटाइनेछ ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

४ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक