बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘वाकस्वतन्त्रता’ गम्भिर अवस्थामा पुगेको टिप्पणी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
‘वाकस्वतन्त्रता’ गम्भिर अवस्थामा पुगेको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु दण्डित हुनुपर्ने कारणले ‘वाकस्वतन्त्रता’ गम्भिर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

आजपा पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले आजको समयमा वाकस्वतन्त्रता गम्भिर संकटमा पुगेको बताए । बर्षौदेखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त वाकस्वतन्त्रता सरकारकै कारण संकटमा परेको उनले जनाए ।

‘नेपालमा वाकस्वतन्त्रताको बिषय गम्भिर बन्दैछ । सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु उल्टै दण्डित हुनुपर्ने अवस्था छ । बर्षौदेखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता आज गम्भिर संकटमा परेको छ’ आजपा अध्यक्ष साहले भने, ‘नेताहरु सत्ताउन्मादमा मातेका छन् । आफ्नो कुकर्म छोप्न जेपनि स्तरमा पुगेका छन् ।

के सरकारको भ्रष्टाचारको विरोध गर्नै नहुने हो र ? नेताहरुले गरेको भ्रष्टाचारको विरोध गर्यो भने झुठो मुद्धा खेप्नुपर्ने अवस्था छ ।’ सत्तामा पुगेका नेताहरुले भ्रष्टाचारमा देशैभरी आतंक मचाएको उनले आरोप लगाए । ‘हामी टुडिखेल बिर्सिएका छैनौं ।

बिभिन्न क्षेत्रहरुमा सही कुरा बोले वापत झुठो मुद्धा लगाइएको छ । विरगंजमा विरगंज टेलिभिजनले मालपोतको बेथितिको बारेमा समाचार प्रशारण गरेवापत टेलिभिजनका पत्रकार, मालिकदेखी लिएर सही कुरा गर्ने उपभोक्तालाई समेत मुद्धा लगाइएको छ । यो भनेको स्वतन्त्रताको हकमाथिको हमला हो’ साहले भने ।

अहिलेको लोकतन्त्र नभई दलाल लुटकारी दलतन्त्र भएको बताउँदै उनले दलतन्त्र राजाको पथमा अगाडी बढेको टिप्पणी उनले गरे । राजाको पथमा अगाडी बढनुभनेको बिनाको बाटो भएको उनले जनाए ।

आम जनताले फेरी स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिनुको बिकल्प नभएको बताउँदै उनले त्यसका लागि आम जनता पार्टीले नेतृत्व गर्न तयार रहेको जनाए । भ्रष्टाचार, बेथिति, कुशासन, अनियमितताको विरुद्धमा एकजुट भएर अगाडी बढनुको बिकल्प नभएको बताउँदै उनले अभिव्यक्ति स्वतन्त्रताका लागि सबैएकजुट नभए भ्रष्ट शासकले देशमा आतंक बचाउँने उनले जनाए।

आजपाले गत ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्नेको थियो । यसका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन र पार्टीद्धारा भईरहेका आन्दोलन लगायतको बिषयमा बैठकमा गम्भिर समिक्षा भएको छ ।

पार्टीको निर्णय अनुसार धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने लगायतका बिषयलाई थप सशक्त रुपमा अगाडी बढाउँने बारेमा पदाधिकारी बैठकमा छलफल भएको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

१६ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक