मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निजामती सेवा विधेयकमाथि छलफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
निजामती सेवा विधेयकमाथि छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल अगाडि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका अनुसार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जति सक्दो छिटो पास गराउने सरकारको चाहना छ ।

बिहीबार समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यो विधेयक बनाउन ढिलो भएको निश्कर्षमा सरकार पुगेको जनाए । प्रस्तावित विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । यो संशोधनमाथि एक/एक गरेर छलफल अगाडि बढाए समय लाग्ने भन्दै मन्त्री गुप्ताले विषयका आधारमा छुट्याएर छलफल गर्न सुझाएका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्त, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे लगायतले विधेयकका प्रावधानहरूमा राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताए । उनीहरूको भनाइमा समर्थन जनाउँदै मन्त्री गुप्ताले राजनीतिक सहमतिका लागि पहल लिने प्रतिवद्धता जनाए । ‘यो विधेयक छलफलमा लग्यो भने एक/दुई वर्ष लाग्न सक्छ । हामी उच्च राजनीतिक तहमा छलफल गर्छौं ।

छलफलबाट अगाडि बढ्छौं । समितिले यसलाई प्राथमिकतामा राखेर अगाडि बढाइदिनुस्’, मन्त्री गुप्ताले भने । २१ फागुन २०८० मा दर्ता भएको निजामती विधेयकमाथि करिब छ महिनापछि समितिमा छलफल अगाडि बढेको हो । मुख्यसचिव एकनारायण अर्यालले सरकारलाई यो विधेयक पारित गर्न ढिला भएको महसुस भएको जनाए । ‘सरकारले मात्र होइन विधायिकाले पनि विधेयक ढिलो भएको महसुस गरेकाले छिटो आउने (पास हुने) विश्वास छ’, उनले भने । २०७२ सालमा संविधान जारी भएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन कर्मचारी समायोजन ऐन ल्याइएको थियो । तर तत्कालीन आवश्यकता पूरा गर्न ल्याइएको उक्त कानुनका कारण धेरै कर्मचारीको वृत्तिविकासमा असर परेको उनले जनाए । ‘राजनीतिक संघीयता राम्रो भएको छ । तर, प्रशासनिक संघीयतामा जान सकेनौं ।

यसले सेवा प्रवाहमा असर पर्‍यो’, मुख्यसचिव अर्यालले भने । संघीय ऐन नबन्दा प्रदेशका कानुनहरू पनि बाझिएको उल्लेख गर्दै उनले थपे, ‘केही कर्मचारीको पेन्सनपट्टा रोकिएको छ । साथै, डिमोटिभ कर्मचारीतन्त्रले सेवा प्रवाहमा असर परेको छ । कर्मचारी तन्त्र बलियो नहुँदा संघीयता बलियो भएन, विकास निर्माणमा असर पर्‍यो ।’ अब बन्ने निजामती कानुन सेवामैत्री पनि हुनुपर्ने उनले जनाए ।

अन्य विधेयकलाई छाडे भए पनि यो विधेयकलाई अगाडि बढाइदिन राज्य व्यवस्था समितिलाई उनको आग्रह छ । यो विधेयकलाई अझै ढिला गरे जटिल समस्या आउन सक्ने उनको भनाइ छ । ‘समयमा पास नगर्दा जुन संकट बन्यो, अब पनि लिङ्गरिङ गर्ने हो भने सेवा प्रवाह प्रभावकारी हुँदैन । सबै क्षेत्रलाई सञ्चालन गर्ने निजामती सेवा ऐन भएकाले छिटो गरौं’, उनले भने ।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

५ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक