मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुनाको हत्या आरोपी भारतीय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मुनाको हत्या आरोपी भारतीय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह साह भारतका रहेको खुलेको छ। २१ वर्षीय नेपाली छात्रा पाण्डेमाथि गोली चलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले बबिसिंहलाई गत बुधबार प्रकाउ गरेको थियो। पक्राउपछि उनलाई दुइटा कसुरमा मुद्दा चलाइएको थियो।

एउटा क्यापिटल मर्डर र अर्को गैरकानुनी रूपमा हतियार राखेको विषयमा। बबिसिंह मंगलबार अदालतमा उपस्थित गराइएको न्युयोर्कबाट प्रकाशन हुने नेपाली सञ्चारमाध्यम नेप्योर्कले जानकारी गराइएकाे छ।

अदालतमा उपस्थित गराउँदा अभियुक्तको थप परिचय खुलेको जनाइएको छ। यसअघि अभियुक्त कहाँका हुन् भन्ने खुलेको थिएन। मंगलबार सरकारी वकिलरहरूले अनुसन्धानका क्रममा बबिसिंहसँग अमेरिकाको नागरिकता नरहेको उनी भारतीय नागरिक रहेको सार्वजनिक गरेको छ। यद्यपि भारतको कुन ठाउँका हुन् भन्ने विषय अझै नखुलेको नेप्योर्कले उल्लेख गरेको छ।

मंगलबार अदालतमा उपस्थित गराइएको उनीमाथि गैरकानुनी हतियार राखेको मुद्दामा २५ हजार डलर जमानतमा तोकिएको छ। हत्या मुद्दामा भने जमानतमा छुट्न नदिने व्यवस्था छ। सरकारी वकिलहरूले थप अनुसन्धान गर्दा मुना पाण्डेको शरीरका तीन ठाउँ र टाउकोको पछाडिपट्टीको भागमा एउटा गोली लागेको देखिएको जनाएका छन्। अभियुक्तले पक्राउ पर्दाको समयमा समेत रगतका छिट्का लागेको सर्ट लगाएको अभियोजकहरूले अदालतमा जनाएका छन्।

अर्को सुनुवाई बिहीबारका लागि तय भएको पनि नेप्योर्कले लेखेको छ। क्यापिटल मर्डर मुद्दामा आजीवन काराबासदेखि मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ।

टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत मुना सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। प्रहरीले मंगलबार ५१ वर्षीय बबिसिंह मुनाको अपार्टमेन्टबाट निस्कँदै गरेको सिसीटिभी फुटेज भेटेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बबिसि‌ंह डकैती गर्ने उद्धेश्यका साथ मुनाको अपार्टमेन्टमा गएको भनेको थियो। राति ८:४० बजे अपार्टेमेन्टमा पुगेका उनी एक घन्टापछि निस्किएका थिए। अब बिहीबार पुनः उनलाई अदालतमा उपस्थित गराइने छ। यसैबीच मुनाकी आमा अनिताले अमेरिकाको भिसा प्राप्त गरेकी छन्।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

४ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक