काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो ।
समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन थप्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।
गत जेठ १५ गते ७ सदस्यीय समिति गठन गरेको थियो । जेठ २३ गते पहिलो पटक बैठक बसेको थियो । ३ महिने म्याद आउँदाे भदौ २२ गते समाप्त हुन लागेकाेले म्याद थप गरिएको हो ।


