धनगढी । गृहमन्त्री रमेश लेखकले सबै दलबीच सहमति र संवाद गरेर मात्र संविधान शंसाेधन हुने जनाएका छन्।
मंगलबार धनगढी बिमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संबिधानका आधारभूत मान्यताहरु प्रतिकूल नहुने गरी संविधान संशाेधन गरिने जनाएका हुन्।
तीन दिनकाे गृह क्षेत्रकाे भ्रमणकाे क्रममा आज धनगढी पुगेका गृहमन्त्री लेखकले अस्थिरतालाई समाप्त गरी स्थिर सरकार, शिथिल अर्थतन्त्र चलायमान र संघीय गणतन्त्र संस्थागत गर्न वर्तमान समीकरण बनेकाे जनाए।
उनले बर्तमान सरकार सरलता र जटिलताकाे मूल्यांकन गरी अघि बढने जनाए। केन्द्रमा स्थिर सरकार बन्ने बित्तिकै सबै प्रदेशमा स्थिर सरकार बनेकाे उनले जनाए।
गृहमन्त्री लेखकले आत्मविश्वासकाे बाटाेमा अघि बढेकाले १८ वर्षदेखि अड्किएकाे संक्रमणकालीन न्याय टुङ्ग्याइएकाे जनाए। उनले भने,’सबै पार्टी, ब्यक्ति उनै भएपनि आत्मविश्वासले टुंगिएकाे हाे।’
साथै, गृहमन्त्री लेखकले अहिलेकाे सत्ता समीकरण अत्यन्त सहज तरिकाले अघि बढेकाे जिकिर गर्दै कसैले चाहेर पनि अपठ्याराे नपर्ने जनाएका छन्।


