शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसपीको कमाण्डमा चल्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एसपीको कमाण्डमा चल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख रहने प्रहरी कार्यालयहरु प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा चल्ने अवस्था आएपछि डीआईजी खटाइएको छ ।

डीआईजी प्रमुख हुने कार्यालय एसपीको भरमा चल्ने अवस्था आएपछि  सोमबार सााँझ काज र सरुवा गर्दै डीआईजीलाई जिम्मेवारी दिइएको हो ।

३० वर्षे सेवा अवधिका कारण १६ भदौमा नेपाल प्रहरीका ९० अधिकृत एकसाथ अवकाश भएका थिए । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाशमा गए ।

उनीहरु बिदा भएपछि बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड एसपी दुर्गाराज रेग्मीले गरेका थिए  । जबकि बागमती प्रदेश मातहतका जिल्लाका प्रमुख समेत एसपीहरु छन् । केही जिल्ला प्रहरी प्रमुखहरु प्रदेश कार्यालयका निमित्त प्रमुख एसपी रेग्मीभन्दा पनि सिनियर छन् ।

यो अवस्था आएपछि सोमबार साँझ डीआईजी कृष्णहरि शर्मा पोखरेलले बागमती प्रदेश प्रहरीको डीआईजीमा सरुवा गरिएको छ । बागमती प्रदेशमा अझै एसएसपी भने रिक्त छ ।

त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथको प्रमुखमा डीआईजी रहने व्यवस्था छ । २१ असारसम्म ट्राफिक प्रमुखको रुपमा डीआईजी पोषराज पोखरेल थिए । उनी ५६ वर्षे उमेरहदका कारण अवकाश गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए । उनी समेत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए । जसकारण उपत्यका ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा एसपी विश्वराज खड्काले पाएका थिए । अहिले भने दुई महिनापछि डीआईजी भरतबहादुर बोहराको काज सरुवा गर्दै ट्राफिकमा पठाइएको छ ।

त्यसैगरी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रुखमा काज सरुवा गरिएको छ । रामदत्त जोशी एआईजीमा बढुवा भएपछि त्यहाँ एसएसपीले कमाण्ड गरेका थिए ।

अपराध अनुसन्धान कार्यालयका ३ पिलर डीएसपीविहीन

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर, भक्तपुर) मा हुने ठूला अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मेवारी रहेको अपराध अनुसन्धान कार्यालयका तीन वटा पिलरहरू नै अहिले प्रमुखविहीन बनेका छन् ।

वैदेशिक रोजगारसम्बन्धी ठगीको अनुसन्धान गर्ने पिलरका प्रमुख गोविन्द पन्थी, डाँका चोरीको अनुसन्धान गर्ने पिलरका प्रमुख किरण न्यौपाने र प्रशासन शाखाका प्रमुख ऐनबहादुर मल्ल ३) वर्षे सेवा अवधिका कारण एक साथ अवकाशमा गएका छन् ।

‘अन्यको तुलनामा वैदेशिक रोजगारी सम्बन्धी ठगीको पिलरमा बढी चाप हुन्थ्यो । प्रमुख नहुँदा केही समस्या भएको छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई अब हुने डीएसपी सरुवामा प्रमुखविहीन भएका पिलरमा पदपूर्ति हुने जनाउँछन् ।

इन्सपेक्टर सरुवा भइसकेकाले अब जतिसक्दो छिटो डीएसपी सरुवा गर्ने तयारी हेडक्वार्टरको छ । छिटो सरुवा भएपछि साउनभरि लाग्न सक्ने भएकाले अझै १५ दिनसम्म पिलरहरु प्रमुखविहीन हुनसक्छन् ।

तर अपराध अनुसन्धान जस्तो संवेदनशील पिलरमा जतिसक्दो चाँडो डीएसपीहरु पठाउनुपर्ने अधिकृतहरु जनाउँछन् ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

१ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक