काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । ‘महंगी, बेथिति, विसंगति, भ्रष्टाचार र दूराचारको विरुद्ध विरोध तथा भण्डाफोर सभा’ नाम दिइएको विरोध प्रदर्शनमा नेताहरुले बंगलादेश र श्रीलंकामा जस्तै बालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउने चेतावनी दिएका छन् ।
जुलुससहितको विरोध प्रदर्शनले नगरपरिक्रमा गरेर विरोध तथा भण्डाफोर सभामा परिणत भएको थियो । विरोध तथा भण्डाफोर सभालाई पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महत र अखिल (क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बाधेन गर्दै पार्टी प्रवक्ता सुदर्शनले विदेशी दलाल शासकहरुले अब चाँडै बंगलादेश र श्रीलंकामा जस्तै देश छाडेर भाग्नुपर्ने स्थिति आउने दावी गर्नुभयो ।


