मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरीले लियो तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग लियाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाल प्रहरीले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।
सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा उनीसँग कास्की प्रहरीले एक साताअघि बयान लिएको हो । लामिछानेसँग बयान लिएको विषयलाई प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
सरकार छाडेको दुई महिना नपुग्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको भए पनि यसलाई गोप्य राखेको हो । प्रहरी प्रधानकार्यालय स्रोतले दिएको जानकारी अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, विपिन कर्माचार्य र छविलाल जोशीसँग बयान लएको हो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौँ आएर पूर्व गृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन कर्माचार्य र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग बयान लिएको भए पनि यसलाई गोप्य राखिएको छ ।
लामिछाने आफैँ पनि निकै पारदर्शी रहेको भनेर भाषण गरे पनि कहीँ कतै प्रहरीले आफूलाई बयान लिएको भनेर भन्ने आँट गर्न सकेका छैनन् । लामिछाने दोस्रो पटक गृहमन्त्री हुनुअघि २०८० माघ २२ गते दिएको जाहेरीको आधारमा प्रहरीले बयान लिएको हो । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममासमेत ऋण लिएको भेटिएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । उनी गृहमन्त्री हुँदासम्म प्रहरीले जाहेरी अघि बढाउन सकेको थिएन ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७८ असार २२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम लामिछानेको खाताका ऋण फर्छयौट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिएको थियो ।
त्यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७ असोज ११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८ वैशाख ५ मा १ करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८असार ४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७७माघ २९ मा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको थियो । यो सबै विवरणमा आफू संलग्न नभएको भन्दै जीबी राइलाई थाह होला भनेर सहकारी ठगी सम्बन्धी उच्चसतरीय छानवीन समिति समक्ष पन्छिएका थिए । यसैगरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८असार ९ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको थियो  । त्यतिबेला पनि उनी त्यही सञ्चालकको रुपमा थिए । २०७८ असार ३१ मा लामिछानेकै नाममा नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेका थिए ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण रकम रु। १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३० समेत गरी जम्मा रु.  १ करोड ३० लाख ८९ हजार मिति २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको थियो ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

५ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक