काठमाडौं । इलाम, इलाम नगरपालिका-५ कटुसे पुलमुनि माई खोलाको छेउमा माइजोगमाई गाउँपालिका-५ सोयाङ बस्ने ५७ वर्षीय राम कुमार श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ शंकर चोक नजिकै कलैया पिलुवा सडक खण्डमा कलैया उपमहानगरपालिका-२१ भोडा टोल बस्ने ३० वर्षीय मुकुन्द चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाईबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका २९ वर्षीय सकलु मर्डी सोही होस्टेलमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, बागलुङ नगरपालिका-१ रूद्रेपिपलस्थित गोरेटो बाटोमा सोही ठाउँ डेरा गरी बस्ने काठेखोला गाउँपालिका-३ धम्जा घर भएका ५६ वर्षीय राम बहादुर जिसी शनिबार मृत अवस्थामा फेला परेका छन् । झापा, शिवसताक्षी नगरपालिका-१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बु शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


