काठमाडौं । काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा गत श्रावण २८ गतेदेखि बि. ए तहको प्रथम बर्षमा भर्ना खुलेको छ ।
नेपालभाषा अभियान्ताहरुको अर्थक मिहिनत पश्चात वि.सं. २०७४ सालमा नेपालभाषा विषयमा कक्षा सञ्चालन गर्न सफल हुनुका साथै वि.सं. २०७८ सालमा एम. ए. तहकाे नेपालभाषा कक्षा सञ्चालन जारी छ ।
बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८१।०८२ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना खुलेको हाे ।
नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै अहिले उज्वल भविष्य रहेकाले समयमै भर्ना हुन नेवाः विध्यार्थी युनियनका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता रिदेन महर्जन अनुरोध गरेका छन् ।
बिए. ए तहको विभिन्न बिषय अन्तर्गत भाषा समूहमा नेपाल भाषा अध्ययन गर्न रत्न राज्यलक्ष्मी क्याम्पस एवम् पद्यम क्याम्पसका सह-प्रध्यापक मदनसेन बज्रार्चाय अनुरोध गरेका छन् । जस अन्तर्गत नेपालभाषा, लिपि, साहित्य, संस्कृति, संस्कृति आदि ज्ञान प्राप्त गर्न सकिने उनले जनाए ।
भर्ना सम्बन्धी सुचना तल जानकारी गराएकाे छ:





