काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम ७६ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ ट्याब्लेट सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर च्यासल बस्ने २७ वर्षीय रफिस अवाले, काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भई ललितपुर पाटन बस्ने १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका-५ घर भई ललितपुर इमाडोल बस्ने २१ वर्षीय रेमन राई, मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौं कालोपुल बस्ने ३३ वर्षीय अमित कुमार चौधरी, मोरङ बेलबारी नगरपालिका-४ घर भई ललितपुर ग्वार्को बस्ने ३६ वर्षीय प्रमोद राई, पाँचथर मिक्लाजुङ गाउँपालिका-४ घर भएका २८ वर्षीय मेहरमान भुजेल, पाँचथर फिदिम नगरपालिका-१ घर भएका २७ वर्षीया टिम्पल तामाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ घर भएका २९ वर्षीय भिम कुमार चेमजोङ रहेका छन् ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको मोटरसाइकल १ थान, स्कुटर १ थान, नगद ५५ हजार २ सय रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल १४ थान, आइप्याड १ थान, तौल गर्ने डिजिटल मेसिन २ थान समेत प्रहरीले बरामद गरेको छ ।


