मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बाेल्दै कांग्रेसका महामन्त्री गगन कुमार थापाले साे जानकारी दिनुभएको हो ।

प्रजातन्त्रका सेनानी र शहिदका परिवारले आफ्नो योगदानको प्रतिफल पाउन नसकेको बताउँदै महामन्त्री थापाले उनीहरुलाई स्वास्थ्य र शिक्षाको अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको बताउनुभयो  ।

2.jpg

हाल पार्टीमा आवद्ध रहेकाहरुलाई पनि भविष्यमा आफ्नो परिवारको अवस्था के होला भन्ने तनाबबाट मुक्त रहनका लागि पनि उक्त अक्षयकोषले मद्धत पुर्याउने महामन्त्री थापाकाे भनाइ थियाे । कार्यक्रम बाेल्दै महामन्त्री थापाले पार्टी कार्यालयमा स्थपना गरिएको  पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका याेद्वा, प्रजातान्त्र सेनानी लगायतका सामाग्री समेत राखिने जानकारी दिनुभयो  ।

महामन्त्री थापाले अहिलेको समयमा “मानिसहरुमा देश सक्किसक्यो, हामी भत्किसयौं, हामी मक्किसक्यौं” भन्ने भाष्य बन्दै गएकाे बताउनुभयो। मानिसहरुमा सबै नराम्रो मात्र हुँदै छ, राम्रो केही छैन भन्ने विचार धेरैले राख्ने गरेको बताउँदै महामन्त्री थापाले सबै नराम्रो मात्र भने नभएको दाबी गर्नुभयो । “हामीले सोचेअनुसार प्रगती गर्न सकेनौं, धेरै गर्न सक्ने थियौं, तर विभिन्न कारणले भएन, तर त्यसो भन्दैमा हामी सक्किसक्यौं, मक्किसक्यौं भन्न चाहिँ मिल्दैन ।”, थापाले भन्नुभयो ।

5.jpg

हाल धेरैजस्तो युवाहरुमा विदेश जाने ट्रेन्ड बढिरहेको बताउँदै महामन्त्री थापाले युवा विदेशिनुलाई मात्रै नराम्रो भन्न नमिल्ने बताउनुभयो । रोजगारी र शिक्षाका लागि त विकशित देशका मानिस पनि अन्य देशमा जाने गरेको उदाहरण प्रस्तुत गर्दै महामन्त्री थापाले त्यसैलाईनै नराम्रो भन्न चाहिँ नमिल्ने बताउनुभयो ।

3.jpg

कमाएर वा पढेर नेपाल फर्किन्छु भन्ने सोच्नु सामान्य हो, तर सबै  बिग्रिसक्यो सोचेर विदेशिनु चाहिँ डरलाग्दो हुने महामन्त्री थापाकाे भनाइ थियाे ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुरको राजनीतिक, सामाजिक बिकासमा स्व. श्यामबहादुरकाे अतुलनीय याेगदान रहेकाे बताउनुभयो । काँग्रेस भक्तपुरमाअहिलेकाे अवस्थामा पुग्न समेत स्व. श्यामबहादुरकाे याेगदान रहेकाे थापाको भनाइ थियाे ।

कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री शुरज चन्द्र लामिछाने, स्व. श्यामबहादुरका समकालीन एवं कांग्रेस नेता रामप्रसाद दवाडी, प्रतिष्ठानका अध्यक्ष एवं स्व. श्यामबहादुरका जेष्ठ पुत्र बिष्णुराज कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्कीकाे १७ औ स्मृति दिवसकै अवसरमा स्थानीय गणेश आधारभुत बिधालयका १०८ जना विद्यार्थीलाई स्टेशनरी समान, व्याग लगायतका सामान बितरण गरिएको थियाे । प्रतिष्ठानका सचिव प्रदिप कार्कीका अनुसार, साेहि समारोहमा एक सय आठ सातादेखि सरसफाइ अभियान सञ्चालन गर्दै आएको परिस्कृत नेपाल संस्थालाई टिशर्ट, माक्स, ग्लाेव्स लगायतका सामाग्री प्रदान गरिएको थियाे ।

4.jpg

स्व. श्यामबहादुर स्मृति दिवसकै अवसर पारेर नेपाल रेडक्रस साेसाइटीकाे समन्वयमाआयोजना गरिएको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेकाे सचिव कार्कीले जानकारी दिनुभयो  ।

कार्यक्रममा  नेपाली काँग्रेस भक्तपुरका पूर्व सभापति महेश श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँडेल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, महिला संघकी जिल्ला सभापति सरू वानियाँ, नेता कविर राणा लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

२ घण्टा अगाडि
प्रधानमन्त्री सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जादै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

म्याग्दीका जलविद्युत् प्रभावित

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

इराक र जोर्डनमा टेलिग्राम प्रतिबन्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक