मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबिच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको जनाउनु भयो । ‘दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ ’ उहाँले भन्नुभयो, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नु पर्ने जनाउनु भयो । उहाँले भन्नुभयो, ‘लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सक्छन् । हामीले हाम्रा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’उहाँले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना समेत गरेको जनाउनु भयो ।

‘जलविद्युत, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्दछ’ उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रम ९पीटीएपी० अन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिन्छौँ ।ु उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानी पर्यटकहरूको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले धेरै ठूलो सङ्ख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोगको सन्दर्भका उहाँले भन्नुभयो, ‘धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण छ र हाम्रा चासोहरू बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा छन् । दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र सार्कलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।’ उपराष्ट्रपति यादवले दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नु पर्ने बताउनु भयो । ‘ सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको छ ’ उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ ।’

उहाँले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी रुपमा उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न दुवै देश मिलेर काम गर्नुपर्ने बताउनुभयो । पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबिच घनिष्ठ सम्बन्ध रहेको र दुई मुलुक एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सार्कमा नेपालको भूमिका सराहनीय रहेको जनाउनु भयो।

‘नेपाल र पाकिस्तानबिच धेरै संयुक्त कार्य समूहहरू क्रियाशील रहँदै नेपालको पर्यटन, कृषि र ऊर्जा लगायतका क्षेत्रका काम गरिरहेका छन् ’ उहाँले भन्नुभयो, ‘नेपालले हालै आयोजना गरेको लगानी सम्मेलनमा आठ पाकिस्तानी लगानीकर्ता सहभागी भएकोमा एकले नेपाल सरकारसँग लगानी सम्झौता नै गरिसकेको छ । ’

 

 

 

 

 

 

 

 

 

 

 

 

यो पनि पढ्नुहोस्

एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

२ घण्टा अगाडि
प्रधानमन्त्री सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जादै

२ घण्टा अगाडि

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

म्याग्दीका जलविद्युत् प्रभावित

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

इराक र जोर्डनमा टेलिग्राम प्रतिबन्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक