मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 –जानकी पाण्डे
मानिसको व्यक्तित्व विकासका लागि महत्वपूर्ण पक्ष भनेको शिक्षा हो । जसले हाम्रो भविष्य तथा लक्ष्यलाई कोर्न सक्छ । शिक्षाले महिलालाई ठूलो मान्छे बनाएर विश्वभरमा चिनाउने र सबैबाट सम्मान दिलाउन सक्छ । साथमा आत्मनिर्भर बनाउने र आफ्नो जीवनस्तरलाई सहज अनि सुविस्ता बनाउन सहयोग गर्छ ।
एउटा घरमा पुरुष मात्र शिक्षित भयो भने घर खर्च जुटाउन पुरुषलाई मात्र कष्ट भोग्नुपर्छ । तर, महिला पनि शिक्षित भइन् भने उनले पनि घर खर्च जुटाउन सक्छिन् र आफ्नो छोरा र छोरीलाई राम्रो शिक्षा दिलाउन सक्छिन् । भनिन्छ, छोरा शिक्षित भयो भने देशको एउटा नागरिक मात्र शिक्षित हुन्छ, छोरी शिक्षित भइन् भने घर नै शिक्षित हुन्छ । हाम्रो पहिलो शिक्षक भनेको आमा हो । यदि आमा शिक्षित भइन् भने बच्चा पनि शिक्षित हुनसक्छ नत्र सक्दैन । भइहाले पनि त्यति सजिलो हुँदैन ।
अहिले पनि नेपालमा पुरुष र महिला शिक्षा भनेर भेदभाव चलिरहेको छ । पुरुषले शिक्षा लिन पाउँछन् भने महिलाहरुले किन पाउदैनन् ? किनभने धेरै मानिसले यस्तो धारणा राख्छन् कि महिलाले शिक्षा पाए पनि भोलि बिहे गरेर अर्काको घर गएर भाडा, कपडा त धुनुपर्छ त्यो पढाई र लगानी त्यसै खेर जान्छ । तर तिनीहरुले यस्तो धारणा राख्दैनन् कि भोलि छोरीले पढेर नाम कमाउली बाबाआमाको नाम चलाउली ।
यदि महिलाले शिक्षा पाइन् भने आफूमाथि हुने महिला हिंसाको विषयमा आवाज उठाएर विरोध गर्न सक्छिन् तर शिक्षा पाइनन् भने त्यो हिंसा सहेर बस्छिन् । त्यो हिंसालाई रोक्न आ–आफ्नो घरमा अशिक्षित दिदी, बहिनी र छोरीहरु छन् भने तुरुन्तै विद्यालय पढाउन र उनीहरुको भविष्य बनाउन आवश्यक छ । दुई वर्षअघि नेकपा एमालेको अध्यक्षको हैसियतमा केपी शर्मा ओलीले दाइजोका लागि बार्गेनिङ हुने मधेस प्रदेशको वीरगन्जमा पुगेर छोरीलाई दाइजो नभई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । हाल उनी प्रधानमन्त्रीसमेत छन् । वीरगन्जमा भएको उक्त भेलामा उनले समाजको मुख्य जोड छोरीलाई दाइजो हैन, गुणस्तरीय शिक्षामा हुनुपर्ने बताएका थिए । उनले त्यतिबेल भनेका थिए, ‘राम्रो शिक्षा पाएर छोरी डाक्टर, इन्जिनियर भएर ३÷४ लाख कमाउन थाले भने दुलाहा खोज्नैपर्दैन । बरु दिल्ली, बम्बई र भारत त के अमेरिका बेलायतबाट समेत दुलाहा लाइन लाग्छन् ।
त्यसैले, छोरी जन्मँदा दुःख मान्ने र नपढाउने गर्नु हुँदैन । पढाउनसके छोरीहरूले आफ्नै खुट्टामा टेकेर स्वदेशमै राम्रो आम्दानी गर्न सक्छन् ।’ प्रधानमन्त्री ओली अहिले आफ्नै बोली कार्यान्वयन गर्ने ठाउँमा छन् । उनकै पालामा देशको राष्ट्रपतिमा विद्यादेवी भण्डारी भएकी थिइन् । सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्की भएका थिए । यो कार्यकालमा पनि मुख्यसचिव लीलादेवी गड्तौलालाई नियुक्त गरेर आफू महिलाप्रति उदार रहेको ओलीले संकेत दिईसकेका छन् । उनले आफ्नो कार्यकालमा प्रमुख पदमा महिला पुगेको विषयलाई गौरव साथ प्रस्तुत गर्ने गरेका छन् ।
एउटा कुशल प्रशासकले सक्षम भएका महिलालाई अवसर दिने त छँदै छ, लाखौं सक्षम महिला जन्माउने अभिभारा पनि पूरा गर्नुपर्छ । यो अवसर प्रधानमन्त्री ओलीलाई छ । नेपालको भौगोलिक अवस्थामा विविधता भएजस्तै महिलाको अवस्था पनि फरक फरक छ । सुदूरपश्चिम र विकट कर्णालीका महिला अवस्था अन्य सुगम स्थानको भन्दा फरक छ । फेरि मधेस र पहाडका महिलाको अवस्थामा पनि विविधता छ । जातीय, वर्गीय हिसाबले महिलाको अवस्था फरक छ । त्यसैले समग्र महिलाको उत्थानका लागि एउटै नीति, एकैखाले प्रयासले मात्र सम्भव नहुन सक्छ ।
यसका लागि फरक फरक नीति लिएर सरकारले काम गर्न जरुरी छ । मधेसमा दाइजोको प्रथा अत्यधिक छ । बालविवाहको समस्या पनि उस्तै छ । यहाँ शिक्षा, जनचेतना र महिला रोजगारीका अवसरमा सरकारले ध्यान दिन आवश्यक छ । विकट पहाडी क्षेत्रमा महिलालाई शिक्षा, स्वास्थ्य, आम्दानीको अवसरमा जोड दिनुपर्छ ।
अहिले देशभर स्थानीय सरकार छन् । ७ प्रदेश सरकार छन् । उनीहरुलाई आआफ्नो क्षेत्रका महिलाको उत्थानका लागि जिम्मेवारी दिन आवश्यक छ । स्थानीय तहमा बढीभन्दा महिलालाई अवसर दिन सके उनीहरु आत्मनिर्भर हुन सक्नेछन् । यो एउटा परिवार मात्र नभई समाज र देश विकासका लागि नै ठूलो प्रयास हुनेछ । नेपालको आधाभन्दा बढी जनसंख्या महिलाको छ । तर, यो जनसंख्या थोरै प्रतिशत मात्र आर्थिक उपार्जनमा सक्रिय छन् । अधिकांशजसो महिला घरायसी काममा नै व्यस्त छन् । त्यसैले उनीहरुमध्ये धेरै उत्पादनमूलक क्षेत्रमा लगाउने हो भने विकासको सपना पूरा हुन अझ सहज हुनेछ ।
जुन घरमा आमा शिक्षित हुन्छिन्, त्यो घरका सन्तान पनि शिक्षित हुन्छन् र त्यो घरमा रोजगारीको अभाव पनि हुँदैन ! ( लेखक अधिवक्ता हुनुहुन्छ)

यो पनि पढ्नुहोस्

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

२ हप्ता अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक