आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

“डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
“डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पदम श्रेष्ठ

पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ ।

“डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ ।

केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताए ।

उनले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताएका थिए । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गरेका थिए ।

सदियौं देखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको जानकारी भएको थिएन ।

साधक आनन्दले बताएका भगवान भैरव र मोक्षद्वार भेटिएपनि गुफा भने भेट्न नसकिएको श्री मोक्षद्वार वालसिद्धयोगाश्रम डहरेका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

उनका अनुसार “उत्तर तर्फ कामधेनु गाईको शिर, मोक्षद्वार, भैरव, सिद्धवावा, दक्षिण तर्फ आसनमा किष्ण, हनुमान जी, सिंह, कालीखर्क तर्फ भगवति दुर्गाको एक पाउ रहेको, पुर्व तर्फ झाँक्री महाराज र पश्चिमतर्फ ईच्छाधारी नाग रहेको छ । साधक प्रकट आनन्द जीले डहरेदेउरालीमा गुफा रहेको बताउनु भएपनि खोजी कार्य भइरहेको र हाल सम्म उहाँले भनेजस्तो गुफा फेला परेको छैन।”

यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा गर्दै आउनुभएका पशुपत्यानन्द गिरीले जानकारी दिए ।

धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्निज्वाला अहिले पनि निरन्तर बलिरहेको छ उनले भने ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ६३ कि.मी. दुरी टाढा रहेकोमा ५७ कि.मी. पिच सडक र ६ कि.मी. कच्ची सडक रहेको छ । डहरे देउराली समुन्द्र सतहबाट करिब २ हजार २ सय ५९ मिटर रहेको छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ ।

भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक कथा छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’

त्यसैगरी यस पर्वतमा लामा लामा धेरै डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पर्वतमा ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्री, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा पुजा अर्चनाको लागि भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ  । साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन् । यहाँ पाँचऔले, हर्रो, बर्रो, सतुुवाजस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, भालुजस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ । विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिसजस्ता महत्वपूर्ण काठसमेत पाइन्छ ।

भिडियो लिंक

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

२५ मिनेट अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक