काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुती रहने चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ ।
फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ ।
यो व्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पुरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ ।


