मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रदेश तथा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : विमलेन्द्र निधि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रदेश तथा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : विमलेन्द्र निधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक स्थिरताका लागि पहिले संघ र त्यसपछि प्रदेश तथा स्थानीय तहको निर्वाचन गर्नुपर्ने जनाएका छन्।

उनले संघीयतालाई बलियो बनाउन आवश्यक कानून पनि संशोधन गर्नुपर्ने बताए। राजनीतिक स्थिरताका लागि पहिले संघीय संसदको चुनाव गर्नुपर्नेमा उनले जोड दिए। ‘संघीय संसदको निर्वाचनपछि प्रदेश र तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ,’ भक्तपुरमा शनिबार भएको कार्यक्रममा निधिले भने।

अहिलेसम्म सुरूमा स्थानीय तह र त्यसपछि प्रदेश तथा संघको चुनाव सँगसँगै आइएको छ। कांग्रेस र एमालेबीच गत असार १७ मा भएको सहमतिअनुसार सरकार बनेको र यही सहमति २०८४ सम्म कायमै रहने जनाए ।

सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ। सात बुँदे सहमति प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएकोले पनि ०८४ सम्म यो सहमति कार्यान्वयनमा रहने उनको विश्वास थियो। ‘दुई दलबीच भएको सात बुँदे सहमतिको पत्रलाई प्रधानमन्त्रीले संसदमा औपचारिक रुपमा रेकर्ड गराउनु वर्तमान सत्ता गठबन्धनको सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ निधिले भने, ‘सहमतिको पत्रलाई यसअघि संसदमा कहिल्यै यसरी रेकर्ड गराइएको थिएन।’

निधिले कांग्रेसलाई देशव्यापी रुपमा संगठन बिस्तारमा केन्द्रित भएर २०८४ को निर्वाचनमा एक्लै बहुमतको सरकार बनाउने अवस्थामा लैजाने गरी अभियान चलाइने पनि जनाएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने उनले बताए। प्रदेश सरकारलाई बलियो बनाउन प्रदेशकै मातहतमा प्रहरी ल्याउनुपर्ने पनि उनले जोड दिएका छन् ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक