मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

वैद्य माओवादीका नेता–कार्यकर्ता श्रमिक कम्युनिस्ट पार्टीमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
वैद्य माओवादीका नेता–कार्यकर्ता श्रमिक कम्युनिस्ट पार्टीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् ।

शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले कार्यक्रम गरी उनिहरुलाई प्रवेश गराएको हो । वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरीकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर राखेको आरोप लगाउँदै नयाँ पार्टीमा प्रवेश गरेको उनिहरुले जनाएका छन् । नव प्रवेशीहरुलाई पार्टी संयोजक समरजंगसहित केन्द्रीय नेताहरुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । पार्टी संयोजक पूर्णबहादुर सिंह‘समरजंग’ले नेपालमा पार्टी,क्रान्ति र जनताको हितको लागि भन्ने तर हरेक पार्टी आफ्नो निजी स्वार्थबाट माथि उठ्न नसकेको जनाए ।

जनताले परिवर्तनको चाहना राख्ने तर पार्टीहरुले भ्रमको खेति गर्ने गरेको आरोप लगाउँदै सिंहले भने“संसदिय दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाले मात्रै जनताको चाहना पूरा हुन्छ ।” नव प्रवेशीहरुलाई सिंहले भरोसा दिलाउँदै भने,“चिन्ता नगुर्नसः ‘जनतमा जाऊँ, जनताको सेवा गरौं’ भन्ने मुल नाराका साथ आम जनताकोबीचमा अब यो पार्टी जाँदैछ, तपाई हामी मिलेर नै जनतामा आशा जगाउँने हो, हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने ।” सो पार्टीको ट्रेड युनियनका संयोज विनोद थापाले शोषित पीडित श्रमिजीवी मजदूरहरुको लागि आफूहरुले नयाँ रणनीति बनाएर अगाडी बढ्ने र सबैलाई साथ दिन अनुरोध पनि गरे ।

विगतदेखिको आफूहरुको श्रम शोषण मुक्त मुलुक बनाउँने सपना पुरा हुनेमा विश्वस्त भएको जनाए । इश्वर बुढाथोकीले विगतदेखि विभिन्न माओवादी धारहरुमा आफूहरुले पार्टी र क्रान्तिको लागि योगदान गर्दै आएको र पछिल्लो समयमा वैद्य निकटको मजदुर संगठनले श्रमिकहरुको हितमा काम गर्न नसेकोले आफूहरुले बिद्रोह गरेको बताए । बुढाथोकीले वहुमत पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता पश्चात काम गर्न नदिई अङ्कुश लगाउँदा मजदूरहरु झनझन समस्यामा परेकोसमेत जनाए ।

बुढाथोकीको नेतृत्वमा कालिबहादुर पाण्डे, चन्द्रबहादुर बस्याल, भूमिका सिञ्जाली, दिपेन्द्र घिमिरे, सुजाता रोका, नितु शाह, राजकुमार खड्का, बलराम तामाङलगायत एक दर्जनबढीले बिद्रोह गरी पूर्णबहादुर सिंह‘समरजंग’ नेतृत्वको श्रमिक कम्युनिष्ट पार्टी निकट रहेको मजदुर संगठनमा प्रवेश गरेका हुन् । कार्यक्रम सो पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य सरोज न्यौपानेले सञ्चालन् गरेका थिए ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक