काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो २ बजेदेखि सुरू भएकाे छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जानकारी प्राप्त भएकाे छ ।
आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने एक मन्त्रीले जनाए । प्रचण्ड नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यद्यपि उनले मन्त्रिपरिषद् बैठकका एजेण्डाबारे केही नभनिएकाले थप जानकारी नभएको बताएका छन् ।


