मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकी राजदूत थम्सनले गरे शिष्टाचार भेट

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकी राजदूत थम्सनले गरे शिष्टाचार भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ।

आइतबार सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङसँग राजदूत थम्सनले शिष्टाचार भेट गर्नुभएको हो।भेटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना दिनुभएको उहाँका प्रेस सहयोगी विक्रम न्यौपानेले जानकारी दिनुभयो।

राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्त्वपूर्ण मन्त्रालय भएको उल्लेख गर्नुहुँदै राजदूत थम्सनले नेपालको समृद्धिका लागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको जनाउनुभयो ।

राजदूत थम्सनले प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरेर पूर्व जानकारीका साथै खोज तथा उद्धार गर्न सकिने भन्दै अमेरिका नेपालको साइबर सुरक्षा, पर्यटन सूचनालगायतको क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाउनुभयो।

उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेश जान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनुभयो ।

भेटमा मन्त्री गुरुङले वर्तमान सरकारको लक्ष्य नै शान्ति र समृद्धि रहेको जानकारी गराउनुहुँदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासँग सहकार्य गर्न तयार रहेको जनाउनुभयो।

प्राकृतिक विपत्तिबाट नेपाल पीडित भएको जानकारी गराउँदै मन्त्री गुरुङले पर्वतारोहणका क्रममा हुने उद्धार तथा खोजमा सञ्चार सम्पर्क आवश्यक रहेको बताउनुभयो।नेपालले सञ्चार क्षेत्रमा ठुलो फड्को मारेको जनाउँदै मन्त्री गुरुङले यो पर्याप्त नभएको र सञ्चार क्षेत्रलाई आय आर्जन र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो ।

युवा शक्ति पलायन मुलुकको चुनौती भएको बताउँदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने जनाउँदै त्यसका लागि अमेरिकासँग सहकार्य हुनसक्ने उहाँले जनाउनुभयो।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१० घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक