काठमाडौं । एमालेले पार्टीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव बुझाएको छ।
पार्टीका २८ वटा विभागबाट प्राप्त सुझावलाई संलेषण गरेर महासचिव शंखर पोखरेलको नेतृत्वको टोलीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा आलीलाई सुझाव बुझाएको हो।
आफ्नो नेतृत्वमा सरकार गठन हुने सुनिश्चित भएसँगै असार २१ गते एमालेले विभागहरुलाई सुझाव पेश गर्न निर्देशन दिएको थियो। विभागहरुले दिएको सुझावलाई एकीकृत गरेर महासचिव पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई सुझाव पेश गरेको हो।
सुझावमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिजर्ना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन सरकारले प्रभावकारी कमद चाल्नुपर्ने उल्लेख छ। त्यस्तै सार्वजनिक सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने, आर्थिक वृद्धिका लागि कृषि क्षेत्र सर्वाधिक महत्वपूर्ण रहेकाले कृषिको व्यवसायीकरण, आधुनिकीकरण, किसानहरूको हकहितकोरक्षा र कृषिमा बहुआयामिक लगानी वृिद्ध गर्न विशेष जोड दिनुपर्ने सुझाव पार्टी दिएको छ।
सुझावमा भूमि प्रशासनमा रहेका बेथिति तथा अनियमितता हटाउन, दीर्घकालीन, दिगो र तार्किक निष्कर्षसहितको समाधानको विषय नयाँ सरकारको उच्च प्राथमिकतामा परोस् भन्ने उल्लेख छ।
एमालेले सूचना प्रविधि (आइटी) क्षेत्र वृहत् रोजगारी सिर्जनाको नयाँ संभावनाको क्षेत्रका रुपमा देखा परेको हुनाले आइटी सेवाको निर्यातका लागि सहजीकरण गर्न नयाँ
कानुनी, नीतिगत र संरचनागत व्यवस्था गर्न, विकास निर्माणमा देखिएको भद्रगोल, ढिलासुस्ती, दोहोरो–तेहोरोपन हटाउन आग्रह गरेको छ।
यस्तो छ एमालेले प्रधानमन्त्रीलाई दिएका सुझाव


