आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतीय सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भारतीय सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोराही । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१  मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०८०/०८१  एक करोड तीन लाख ३८ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कोइलाबास भन्सार कार्यालयले असार मसान्तसम्म एक करोड ४० लाख ७६ हजार ९० रुपियाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिनुभएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४४ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बढी हो ।

कार्यालय प्रमुख शर्माका अनुसार आर्थिक बर्ष २०७९/०८० मा २१ लाख ३९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा करिब पाँच गुणा बढी अर्थात् ९६ लाख २० हजार  आठ सय १२ रुपियाँ राजस्व सङ्कलन भएको थियो । कोइलाबास भन्सार कार्यालयका प्रमुख शर्माका अनुसार अधिकांश राजस्व सवारीसाधनबाट उठ्ने गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनसँगै विभिन्न खाद्यान्नलगायतका सामग्रीबाट उठ्ने जनाउनुहुन्छ ।

नाका सञ्चालनमा आएसँगै प्रत्येक बर्ष राजस्व सङ्कलनमा बृद्धि भइरहेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, “कोइलाबास भन्सार कार्यालय, दाङ जिल्लाको एक मात्र भन्सार कार्यालय हो । लामो समय बन्द रहेको नाका सञ्चालनमा आएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भइरहेको छ ।”

प्रत्येक बर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुँदै गएपछि कोइलाबास भन्सार कार्यालय आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ६३ लाख ६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

कोइलाबास भन्सार कार्यालयमा प्रत्येक वर्ष राजस्व सङ्कलन वृद्धि भइरहेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, “कोइलाबास भन्सार कार्यालय छोटी भन्सार कार्यालयमा रुपमा रहेपनि राजस्व सङ्कलनको अवस्था प्रत्येक वर्ष वृद्धि भइरहेको छ । कोइलाबास क्षेत्रमा चहलपहल बढ्दै जानु दाङसहित साविकको राप्ती क्षेत्रका लागि राम्रो हो ।”

कोइलाबास भन्सार कार्यालयबाट खासगरी खाद्यान्न र सामग्रीभन्दा पनि यातायताका साधानबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । काइलबासमा रहेको नेपालकै दोस्रो ठुलो रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, घोराहीको चौघेरा मन्दिर, देउखुरीको रिहारलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालय प्रमुख शर्मा जनाउँनुहुन्छ । त्यससँगै साना थोरै मात्रमा खाद्यान्न, फर्निचरलगायतका सामग्रीहरु आउँदा पनि राजस्व सङ्कलन हुने गरेको छ ।

सामग्रीको तुलनामा घुमफिर तथा कामका लागि आउने नागरिकाले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, “भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न नसकेपनि भारतको तुलसीपुरबाट दाङका विभिन्न ठाउँसँगै प्युठानको स्वर्गद्वारीसम्म पुग्नका लागि छोटो दूरी रहेकाले धेरै सवारीसाधन चल्ने र त्यसबाट नै कर उठ्ने गरेको छ ।”

कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनमा नागरिकहरु घुमफिरका लागि नेपाल आउने गरेको भन्सार कार्यालय प्रमुख शर्मा जनाउनुहुन्छ ।

भन्सार कार्यालय कोइलाबासले नेपाल आउने भारतीय दुई पाङ्ग्रे सवारीबाट प्रतिदिन दुई सय रुपियाँ र चार पाङ्ग्रे सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन गर्ने गरेको छ । कोइलाबास भन्सार कार्यालयमा पशु क्वारेन्टाइनलगायतका आवश्यक संरचना स्थापना गर्ने अन्य नाका जस्तै खुल्ला रुपमा सञ्चालन गर्न सके राजस्व वृद्धिसँगै जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने कार्यालय प्रमुख शर्मा जनाउँनुहुन्छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

९ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक