मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओली बाहेक नेताहरूलाई अब दोहोरो जिम्मेवारी नदिइने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ओली बाहेक नेताहरूलाई अब दोहोरो जिम्मेवारी नदिइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मिसन–०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ । गत वर्ष असारदेखि व्यापक जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिइनेछ । बुधबार बसेको सचिवालय बैठकले नयाँ जिम्मेवारीको आधार निर्माण गर्ने काम गरेको छ ।

‘नेताहरूको नयाँ कार्य विभाजनको आधार आजको बैठकले तयार पारेको छ । त्यसैअनुसार गृहकार्य गरेर अर्को बैठकले कार्यविभाजन गर्नेछ’, एक पदाधिकारीले भने । उनका अनुसार, कार्य विभाजन गर्दा अब नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने समेत निर्णय भएको छ । ‘एक व्यक्ति, एक जिम्मेवारी नीतिका रूपमा निर्णय भएको छ । अब सरकारमा जानेहरूले पार्टी कामको जिम्मेवारी छोड्नुपर्ने हुन्छ’, उनले भने । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने मापदण्ड लागू हुनेछैन । अहिले ओलीले पार्टी अध्यक्ष र संसदीय दलको नेता छन् ।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुने सहमति पनि जुटिसकेको छ । तसर्थ मुलुक, पार्टी र संसदीय मोर्चाको नेतृत्व ओलीले एकसाथ गर्नेछन् । ‘एक व्यक्ति, एक जिम्मेवारी नीति पार्टी अध्यक्षलाई लागू हुँदैन’, ती पदाधिकारीले भने, ‘अध्यक्ष बाहेक कसैले पनि दोहोरो जिम्मेवारी पाउने छैनन् ।’ ‘एक व्यक्ति, एक जिम्मेवारी’ एमालेमा निकै बहस भइरहने विषय हो । २०५१ सालबाटै एमालेमा सत्ताको जिम्मेवारीमा जानेहरूले पार्टीको जिम्मेवारी छोड्ने प्रचलन सुरु भएको थियो । तर त्यस यताका अवधिमा नेतृत्वको अनुकूलता हेरेर यो नीति कार्यान्वयन हुने र नहुने चल्दै आयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कालीन समयमा ‘एक व्यक्ति, एक जिम्मेवारी’ को माग चर्कोगरी उठेको थियो ।

नेकपाभित्र ओलीले आफू निकट नेताहरूलाई दोहोरो/तेहोरो जिम्मेवारी दिने, तर इतर पक्षका नेताहरुलाई भूमिकाविहीन बनाउने गरेका थिए । ओलीइतर पक्षका नेताहरुले भने ‘एक व्यक्ति, प्रधान जिम्मेवारी’को माग राखेर असन्तुष्टि जनाएका थिए । ‘कामलाई प्रभावकारी बनाउन र नेताहरुबीच शक्ति सन्तुलन कायम गर्न पनि पार्टीले यस्तो नीति लिनैपर्ने थियो’, अर्का एक नेताले भने, ‘तर अहिलेको परिस्थितिमा अध्यक्षलाई भने यस्तो नीति लागू हुने सम्भावना छैन ।’ बाँकी नेताहरूले आफूलाई पायक पर्ने भूगोल र कामको क्षेत्रमा जिम्मेवारी लिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१२ घण्टा अगाडि
क्यूवाली बयोबृद्ध क्रान्तिकारी नेता राउल क्याष्ट्रोमाथिको अमेरिकी झूटा मुद्धा खारेज गर

क्यूवाली बयोबृद्ध क्रान्तिकारी नेता राउल क्याष्ट्रोमाथिको अमेरिकी झूटा मुद्धा खारेज गर

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक