काठमाडौं । माधवकुमार नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) ले समाजवादी मोर्चालाई क्रियाशिल बनाउनुपर्नेमा जाेड दिएका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको जनाए ।
अध्यक्ष नेपालले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेकोप्रति ध्यानाकर्षण गराए । यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने उनले धारणा राखे ।
उनका अनुसार नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने जनाए । उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न नसकिने जनाए।


