प्युठान । स्वर्गद्वारी नगरपालिका-५ उपल्लो सारी बस्ने ९१ वर्षीय देमु आचार्यको सोही ठाउँस्थित खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
खोलामा पसी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिंगृबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्वर्गद्वारी नगरपालिका-३ जलुकेस्थित माडी खोलाको बिचमा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


