सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतालाई बन्धक बनाउने अस्त्र’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतालाई बन्धक बनाउने अस्त्र’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल मिडियालाई निमयन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक प्रेस नियन्तरण मुखी भएको वक्ताहरुले दाबी गरेका छन् । राजधानीको संवाद डबलीले बुधबार ‘मिडिया सम्बन्धी कानुन र डिजिटल संचार माध्यमको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले काउन्सिलमार्फत मिडिया नियन्त्रणको तयारी गर्न लागेको ठोकुवा गरेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदमा प्रस्तावित मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्तरणमुखी भएको बताएका छन् । २०७५ सालमा प्रस्ताव गरिएको भन्दा यस पटक केही परिमार्जित भएर आए पनि समस्या ज्यूँकात्यूँ रहेको बताउँदै भने,“कोही पनि भ्रममा पर्नुहँदैन यो विधेयकको धेय नै मिडिया स्वतन्त्रतामाथि अङ्कुश लगाउनु नै हो ।” “राज्यको सर्बसत्तावाद चरित्र पुरानो ड्राफ्टमा उदाङ्गो भएको थियो, व्यापक विरोधपछि केही हेरफेर गरे पनि दङ्ग पर्नु पर्ने अवस्था छैन ।” त्रिपाठीले थपे ।
सरकारले टेबल गरेकै दिनबाट विधेयकको विरोध सुरु गर्नुपर्नेमा खासै चासो नदेखिएकोप्रति त्रिपाठीले दुःख व्यक्त गरे । मिडिया भनेको प्रजातन्त्रको लागि अक्सिजन भएको बताउँदै भने,“जुन समाजमा मिडिया स्वतन्त्र हुँदैन त्यहाँ लोकतन्त्र पनि हुँदैन, त्यसको जीवन्तता,नागरिक अधिकारको प्रत्याभूतिको लागि मिडिया स्वायत्तता र स्वतन्त्रता एकदमै आवश्यक छ, जुन खोसिदै छ ।”

काउन्सिलको अध्यक्ष सरकारले नियुक्ति गर्ने भन्ने प्रस्तावबाटै स्वयत्त तथा स्वतन्त्र संस्था राज्य नियन्त्रित बनाउने दुर्नियत प्रष्ट भएको त्रिपाठीको जिकिर छ । यस्तो प्रक्रियामा कुनै पनि स्वतन्त्र व्यक्ति नआउने बरु सरकारी व्यक्तिको झुकावको सुनिश्चिता हुने दाबी गर्दै भने,‘आफ्नो भजन गाउनेलाई अझ झर्रो भाषामा भन्दा आफ्नो चम्चा नियुक्ति गर्ने कुनियत छ ।’
मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणिको प्रशासकिय अधिकृत र अध्यक्ष पनि सरकारले नै तोक्ने कुराले अझ झस्काएको त्रिपाठीले बताए ।

एकतिर मत्रालयको सचिबको नेतृत्वमा सिफारिस समिति बन्ने र सर्बोच्च अदालतको न्यायाधिश हुने हैसियतको व्यक्तिलाई सचिब स्तरले सिफारिस गर्ने भन्ने कुरा गलत भएको बताउँदै भने,“न्यायाधिशको हैसियत राख्ने कुनचाही मुर्ख मान्छे सचिवको सिफारिसमा जन्छ, जुन त्रुटिपूर्ण छ, यसमा ध्यान किन दिइएन ।”

कार्यक्रममा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले काउन्सिलको अघिल्लो ड्राफ्ट जति घातक थियो त्यसमा पछिल्लो विधेक पनि कम नरहेको आरोप लगाए । ‘मन्त्रालयको सचिबले छान्ने वा सिफारिस गर्ने अध्यक्ष कसरी स्वतन्त्र हुन्छ ?’ जैसीले प्रश्न गरे । काउन्सिल प्रशासकिय अधिकृतको अवधी नतोकिनु पनि गम्भिर षड्यन्त्रको गन्ध आएको बताउँदै जैसीले भने,“एउटै व्यक्ति ६० वर्षसम्म जागिर खाईरहने संस्थाको वृत्ति विकास कसरी सम्भव होला, यो पनि त गलत भयो नि ।”

प्रेस सेन्टर नेपालकी उपाध्यक्ष गंगा बरालले सामाजिक सञ्जाल र डिजीटल मिडियाहरुलाई जतिसक्यो चाँडो नियमन तथा अनुगमनको दायरामा ल्याउनु पर्ने धारणा राखिन् । सामाजिक सञ्जालले नेपाली समाजलाई सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पारेको बताउँदै भनिन्“व्यक्तिको चरित्र हत्या गर्ने विषयबस्तु प्रकाशित गर्छन नै अहिले खुलेआम उछि«ङ्खल व्यक्तिहरुको मनोबल बढाउने तप्का लागेका छन् ।”

 

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक