सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

संगठनात्मक काममा लाग्न जोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले पार्टी विभाजन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहे पनि संगठन निर्माणको कामलाई गति दिन जोड दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भइ दर्ता भएको जसपाको पहिलो केन्द्रीय समितिमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले सर्वोच्चको फैसला कुरेर बस्नेमात्र नभइ संगठनात्मक काममा लाग्न जोड दिएका छन् ।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘मुद्दासँग सम्बन्धित सबै तथ्यहरू र कानुनी व्यवस्थाहरूको व्याख्यासहितको हाम्रो जवाफ पनि दर्ता भइसकेको छ र भाद्र १३ गते पेसी तोकिएको छ । अरु प्रतिवदीहरूको समेत जवाफ दर्ता भएपछि मुद्दामा गहन छलफल हुनेछ । हामीलाई सर्वोच्च अदालतबाट सही फैसला भइ न्याय हुनेछ भन्ने पूर्ण विश्वास छ ।’

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा लाग्न केही समय लिने देखिएको भन्दै उनले मुद्दाको सम्बन्धमा के हुन्छ, कसो हुन्छ भनेर अन्यौलग्रस्त बन्ने वा फैसला कुरेर बस्ने काम नगरीकन राजनीतिक संगठनात्मक काममा लाग्न जरुरी रहेको पनि औँल्याएका छन् । पार्टी दर्ता गर्ने आफूहरूको राजनीतिक निर्णय रहेको भन्दै उनले यसलाई मुद्दाको कुनै पनि स्थितिले रोक्न नसक्ने दाबीसमेत गरेका छन् । उनले जुनसुकै अवस्थालाई पार गरेर जसपा अब अगाडि बढ्ने प्रस्ट पारेका छन् ।

जसपा दर्ता भएर क्रियाशील बनेपछि पार्टीपंक्ति र जनप्रतिनिधिहरूले आफ्नो प्रतिवद्धता नयाँ पार्टीप्रति व्यापक रूपमा जनाउन थालेको दाबी गर्दै अध्यक्ष राईले एकाधिकारी तत्वहरूले यो तीव्र प्रवाहलाई शिथिल पार्न अदालती प्रक्रियाको आड लिएको गुनासो गरे । जसपा नेपालको दाबी अनुसारको अन्तरिम आदेश नभएर अल्पकालीन अन्तरिम आदेशमात्र जारी भएको भन्दै अध्यक्ष राईले यसले पार्टी दर्ता, संसदीय दल दर्ता, जनप्रतिनिधिहरूको भइसकेको सनाखतलाई यथावत राखी सनाखत हुन बाँकीलाई पनि यथावत राखेको प्रतिवेदनमा उल्लेख गरेका छन् । तर यसले जसपाको गतिविधि र संसदीय एवं जनप्रतिनिधिहरूको गतिविधिहरूलाई जारी राख्न कुनै बाधा नगरेको उनको भनाइ छ ।

विपक्षीहरूले स्वस्थ प्रतिस्पर्धा र राजनीतिक वैचारिक सवालमा बहस–छलफल गर्नुको सट्टा अराजनीतिक व्यक्तिगत चरित्र हत्या गर्ने, अनर्गल प्रचार गर्ने र भ्रममा पारेर नेता कार्यकर्ताहरूलाई अलमल्याइराख्ने काम गरिरहेको अध्यक्ष राईको आरोप छ । यस्ता दुस्प्रचारहरूलाई सोझै खारेज गर्ने तथा तर्कयुक्त खण्डन गर्ने र भ्रमहरूलाई चिर्ने काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिवेदनमा उनले भनेका छन्, ‘हामीलाई कुनै दल विशेषमा मिल्ने, एकीकरण हुने भनेरसमेत उनीहरूले भ्रम छरेका छन् । यसै बैठकबाट हामी एउटा सशक्त, सक्रिय तथा सही विचार बोकेको पार्टी निर्माण गर्ने सङ्कल्प गरौँ ।’ महाधिवेशनको तयारी भइरहेकै बेलामा विरोध गर्दागर्दै मधेस प्रदेश समितिको अध्यक्ष परिवर्तन गरेको उल्लेख गर्दै उनले केन्द्रीय समिति आयोजक हुँदाहुँदै त्यसको सरोकार नराखी व्यवस्थापनको जिम्मा निकटताका आधारमा दिएको समेत उल्लेख गरेका छन् ।

विधान विपरीत निर्वाचन तदर्थ समिति बनाइ सर्वाधिकार सुम्पिने, मनलागी काम गरेर महाधिवेशनको परिणाम एउटा व्यक्तिको मुठीभित्र राख्ने ठाउँमा पु¥याएपछि बाध्य भएर पार्टी विभाजनको निर्णय लिनुपरेको विभाजनको निर्णय गर्नु परेको उनले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक