काठमाडौं । तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र वाराणसी पुगेका छन्
प्रधानमन्त्री मोदी दुई दिने वाराणसी भ्रमणका लागि वाराणसी पुगेका हुन् ।
अहिले ५ बजे प्रधानमन्त्री मोदी किसान सम्मान सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका हुन् । उनले किसानसँग संवाद गर्नेछन् । अहिले किसान सम्मान निधिको १७ औं किस्ता पनि जारी छ । यस क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७औँ किस्ता किसानलाई वितरण गर्ने जनाइएको छ।
बीबीसी हिन्दीका अनुसार यस किस्ताअन्तर्गत ९ करोडभन्दा बढी जना किसानलाई २० हजार करोड रुपैयाँ दिइनेछ।
अब मोदीले वाराणसीको दशाश्वमेध घाटमा गंगा आरती हेर्ने र काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।


