बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिभिल अस्पतालको काउण्टरमा लिन्छन् जथाभावी शुल्क

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सिभिल अस्पतालको काउण्टरमा लिन्छन् जथाभावी शुल्क
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अस्पतालले तोक्ने एउटा शुल्क सोही अस्पतालको काउण्टरमा बसेका कर्मचारीले लिन्छन् अर्को शुल्कभन्दा कसैलाई पत्यार लाग्ला ? स्वास्थ्य जस्तो सस्थामा यस्तो विचित्रता पनि हुने गरेको छ । त्यो पनि निजी तथा सामुदायिक अस्पतालमा होइन, नेपाल सरकारले निजामती कर्मचारीलाई लक्ष्ति गर्दे बनाएको सिभिल अस्पतालमा यस्तै गरिएको प्रमाण भेटिएको छ । असार ३ गते सोमवार सिटी स्क्यान गर्नुपर्ने विरामीका आफन्तबाट अस्पतालले तोकेकोभन्दा बढीशुल्क लिएको पाइएको हो ।

उपचार गराइरहेका बिरामीहरुसँग अस्पतालले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर बिल काट्ने काम भने कृषि बिकास बैंकका कर्मचारीहरुले गरेका छन् । किनकी यस अस्पतालमा काउण्टरमा विलकाट्ने काम कृषि विकाश बैंकका कर्मचारीलाई दिइएको छ ।

यसरी बिल काट्ने क्रममा अस्पतालको शुल्क एक भएको र काउण्टरका कर्मचारीले भने अलग्गै शुल्क लिने गरेको उपचारमा सम्लग्न विरामीका कुरुवाले बताएका छन् । प्राप्त भएको विवरण अनुसार अस्पतालले सात हजार मूल्य तोकेको सिटिस्क्यानको उपचारलाई कृषि बिकाश बैंकका काउण्टरमा बसेका कर्मचारीले नौ हजार रुपैयाँ लाग्ने भन्दै दुई हजार बढी लिएको पाइएको छ ।

यो त एक प्रतिनिधी पात्र मात्रको रिपार्ट भयो, यस्ता घटना सिभिल अस्पतालमा धेरै हुने गरेको खुलासा हुँदै गएका छन् । यसरी रकम लिनुको पछि अस्पतालमै उच्च तहका कर्मचारीसँग बैंकका कर्मचारीको मिलेमतो रहेको आरोप विरामीका कुरुवाले पहिचान नखोल्ने शर्तमा बताएका छन् ।

विरामीका कुरुवाले पछिल्ला दिनमा यसरी शुल्क दिने गरेको रंगेहात समात्ने गरेका छन् । यतिहुँदा पनि अस्पताल उच्च तहका पदाधिकारीले कुनै चासो लिने गरेको पाइएको छैन् । शुल्क गडबढी बारे थाहा पाएका विरामीका आफन्तले तिसकेपछी पनि तपाईहरुको कमजोरी भयो के कसरी यस्तो शुल्क लिनु भयो भन्दा अस्पताल प्रशासनले सुरक्षा गार्ड लगाएर उल्टै विरामीका आफन्तलाई धम्क्याउने गरेको पाइएको छ । कतिपय विरामीका आफन्तलाई भने भित्रभित्रै काउण्टरका कर्मचारीले रकम फिर्ता दिने गरेको प्रमाण समेत भेटिएको छ ।

यदी यो रकम सच्याउनु परो भने पनि विरामीका आफन्तले धेरै सास्ती भोग्दै आएका छन् । मानसिक रुपमा विरामीका कुरुवालाई थकाएर, गलाएर मात्र यस्तो रकम फिर्ता दिने गरिएको छ । मेडिकल सम्बन्धी बुझेका र शुल्क थाहा भएका विरमीका कुरुवाले यो शुल्क कसरी भयो भनेर प्रश्न उठाउँदा काउण्टरका कर्मचारीले सिस्टक भन्दै पन्छिने गरेका छन् । एकातिर विरामीका आफन्त उपचारमा तनाबपूर्ण अवस्थामा रहेका हुन्छन् । अर्कोतीर जथाभावी शुल्क लिएर झनै विरामी र उनका आफन्तलाई अस्पताल प्रशासनले दुःख दिइरहेको प्रति जिम्मेवारी कस्ले लिने ?

सिभिल अस्पतालका अध्यक्ष नेपाल सरकारको मुख्य सचिव हुने ब्यावस्था छ । यस अनुसार हालका मुख्य सचिब डा. बैकुण्ठ अर्याल यस अस्पातलका अध्यक्ष हुन् । त्यस्तै, नेपाल सरकारका चार सचिब यस्का सदस्य रहेका छन् । जस अनुसार संद्यिय मामिला तथा सामान्य प्रसाशन सचिव मुकुन्द प्रसाद निरौला, स्वस्थ्य सचिब डा. रोशन पोखरेल, अर्थसचिब डा मधु कुमार मरासिनी र कानून मन्त्रालयका सचिब फनिन्द्र प्रसाद गौतम यसका संचालक सदस्य रहेका हुन् । यसरी देशकै उच्च तहमा रहेका प्रतिनिधी संचालक भएको संस्थामा सर्वसाधारणलाई उपचार गर्दा समेत रकममा गोलमाल गर्दा सर्वसाधारणले भने अव कस्को शरण लिने प्रश्न उठेको छ ।

कतै यो उच्च तहको मिलेमतोमा विरामी ठग्ने नियत अस्पताल कर्मचारीको ग्राण्ड डिजाइन त होइन भन्ने प्रश्न समेत उठेको छ । यस सम्बन्धी अस्पतालका मेम्बर सेक्रेटरी प्रो. डा विद्याननिधी पौडेललाई जिज्ञासा राख्दा यस सम्बन्धी कुनै गुनासो आफूलाई थाहा नभएको बताए । उनले भने,–‘सिष्टमभन्दा बाहिर गएर मेसिनले पैसा नै लिदैन् ।’

सिष्टमले पनि लिएको विरोधपछि पैसापनि फिर्ता लिएको रेकर्ड हामीसँग छ नी भन्दा पौडेलले अगाडि थपे– ‘के भएको रहेछ म कृषि विकास बैंकको मेनेजरलाई नै बोलाएर सोध्ने छु ।’

यो पनि पढ्नुहोस्

नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

१ दिन अगाडि
नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक