साँखु । सिपुख्य: चिहानेपाटी उकालाेमा ट्रिपर दुर्घटना मेलम्चीबाट चिप्स लिएर काठमाडौं आउँदै गरेकाे बा २ क ६५८२ नम्बरकाे ट्रिपर आज बिहान ५:०० बजे सिपुख्य: चिहानेपाटी उकालाे/बाल क्षेत्र जाने दाेबाटाे सँगैकाे कूलाेमा खसेर दुर्घटनामा भएकाे छ ।
दुर्घटनामा मानविय क्षति भने नभएको र यान्त्रिक गडबडीका कारण दुर्घटना भएकाे हुन सक्ने प्रत्येक्षदर्शी जगतराम श्रेष्ठले जनाउनु भयाे । दुर्घटनाबाट सिपुख्य: चिहानेपाटी क्षेत्रकाे सार्वजनिक जग्गा संरक्षणका लागि लगाईएकाे करिब १० मिटर तारबार र ५ ओटा पाेलमा क्षति पु-याएकाे छ ।
वडा सदस्य अर्चेन देव शाही समेतकाे निरिक्षणका क्रममा पक्की तारबार क्षति भएकाे मर्मतसम्भार गरिदिने गाडीधनी च्याङ्बा तामाङद्वारा आश्वस्त पारेकाे र प्रहरी प्रभाग साँखु काठमाडाैं र ट्राफिक प्रमुख सई उद्धव पाेखरेलले जानकारी गराए ।


