करिब ८५ वर्षअघि हराएको तस्मानियाली बाघको अवशेष अहिले अस्ट्रेलियाको एउटा संग्रहालयको अलमारीमा भेटिएको छ। सायद यो अन्तिम तस्मानियन बाघ थियो।
यो बाघको सन् १९३६ मा होबार्ट चिडियाखानामा मृत्यु भएको थियो र त्यसपछि यसको शव स्थानीय संग्रहालयलाई हस्तान्तरण गरिएको थियो।
तर त्यसपछि बाघको कंकाल र छालामा के भयो, त्यो भने रहस्य नै रह्यो।
तस्मानियन संग्रहालय र आर्ट ग्यालरीमा बाघको अवशेषको बारेमा कुनै जानकारी थिएन। यी अवशेषहरू फ्याँकिएको उनीहरूकाे विश्वास थियाे।
सन् २००० मा लुप्तप्राय प्रजाति नामक पुस्तक लेख्ने रोबर्ट प्याडलले भने, ‘वर्षौँदेखि धेरै सङ्ग्रहालय र अनुसन्धानकर्ताहरूले यस बाघको अवशेष पत्ता लगाउन असफल प्रयास गरे। उनीहरूले बाघको शव फ्याँकिएको अनुमान गरे।’
तर संग्रहालयको सुरक्षामा खटिएका कर्मचारीहरूले अप्रकाशित रिपोर्ट हात पारेपछि उनीहरूले संग्रहालय सफा गर्न थाले। फलस्वरूप, उनीहरूले संग्रहालयको शिक्षा विभागको अलमारीमा पोथी बाघको अवशेष फेला पारे।
यसलाई अष्ट्रेलियाका धेरै ठाउँमा प्रदर्शनीको लागि लगिएको थियो, तर संग्रहालयका कर्मचारीहरूलाई थाहा थिएन कि याे अन्तिम तस्मानियन बाघको अवशेष हाे।
अहिले यो बाघको कंकाल र छाला होबार्टको संग्रहालयको प्रदर्शनीमा राखिएको छ ।