काठमाडाैं । देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’ भएको छ ।
विशेष गरेर काठमाडाैं उपत्यकाबाहिरका धेरैजसो पालिकाको वेबसाइट नखुलेकाे हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या थाहा नभएको जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी, उपसचिव अश्विनकुमार पोखरेलले समस्याबारे भर्खरै थाहा पाएको र समाधानको पहल गर्ने उज्यालोलाई जानकारी दिनुभएको छ ।


