बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कूटनीति सम्बन्ध स्थापना उपलक्ष्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ आयोजना

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कूटनीति सम्बन्ध स्थापना उपलक्ष्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ आयोजना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा २०७९ माघ १० गते ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना ग¥यो । नेपाल राष्ट्र बैंकका माननीय गभर्नर श्री महा प्रसाद अधिकारी सो कार्यक्रमको मुख्य अतिथि हुनुहुन्थ्यो ।

भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गर्नुभयो । वहाँले वित्तीय समावेशीकरण र स्टार्टअपमा JAM trinity (Jan Dhan Yojana, Aadhaar and Mobile Number)  जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर एवम् कार्यक्रमका मुख्य अतिथि महा प्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९-०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको बारे बोल्नुभयो । वहाँले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री बाबुराम गौतमले “नेपालमा स्टार्टअप अवसरहरु” विषयमा प्रस्तुति दिनुभयो । स्टार्टअप इन्डियाका श्री अनुभव कुमार दासले “स्टार्टअप इन्डिया स्किम” विषयमा प्रस्तुति दिनुभयो । सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे Paynearby का प्रमुख कार्यकारी अधिकृत श्री आनन्द बजाजले जानकारी दिनुभयो ।

पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । Sastodeal  प्रमुख कार्यकारी अधिकृत श्री अमुन थापाले  Flipkart सँगको सहकार्यबारे बताउनुभयो । F1 Soft का अध्यक्ष श्री विश्वास ढकालले फाेनपे  र इ सेवा भुक्तानी सेवाहरुबारे जानकारी दिनुभयो । त्यस्तै  Tootle का प्रमुख कार्यकारी अधिकृत श्री शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुति दिनुभयो । भारतीय फिनटेक कम्पनी LeverageEdu का अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे जानकारी दिनुभयो ।
दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो । त्भबm खभलतगचभक का प्रमुख कार्यकारी अधिकृत श्री तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टमबारे जानकारी दिनुभयो । भारतका Projects & Startups, Internet and Mobile Association  का अध्यक्ष श्री सन्दीप झिंग्रानले प्रारम्भिक चरणमा रहेको आफ्नो प्रोग्राम Mobile 10X बारे विस्तृत जानकारी दिनुभयो । भर्चुअलि कार्यक्रममा सहभागीता जनाउनु भएका Hyderabad Angles का प्रमुख कार्यकारी अधिकृत श्री रत्नाकर सामवेदमले THub को विशेष PPP मोडलबारे बताउनुभयो । वहाँले तेलाङ्गना र नेपालका स्टार्टअप इकोसिस्टमबीचको समानता बारे पनि बताउनुभयो । स्टार्टअप व्यवसायमा आबद्ध हुन चाहनेहरुका लागि स्टार्टअप इन्डिया स्किमबाट सिकेका पाठहरु र सीड फन्ड मोडल बारे पनि जानकारी दिएकाे थियाे ।

भारत–नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्न हेतु दूतावासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ । हामी शैक्षिक संस्थाहरु, स्टार्टअपहरु र लगानीकर्ताहरु लगायत नेपालका सबै सरोकारवालाहरुलाई स्टार्टअप इन्डियामार्फत भारतीय स्टार्टअपहरु र यसमा आबद्धमा सबैसँग जोडिन प्रोत्साहित गर्छौं । यस सम्बन्धमा कुनै पनि जिज्ञासा भए दूतावासको वाणिज्य प्रभागको इमेल [email protected].मार्फत जानकारी लिन सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

४८ मिनेट अगाडि
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक