काठमाडाैं । भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा २०७९ माघ १० गते ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना ग¥यो । नेपाल राष्ट्र बैंकका माननीय गभर्नर श्री महा प्रसाद अधिकारी सो कार्यक्रमको मुख्य अतिथि हुनुहुन्थ्यो ।
भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गर्नुभयो । वहाँले वित्तीय समावेशीकरण र स्टार्टअपमा JAM trinity (Jan Dhan Yojana, Aadhaar and Mobile Number) जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर एवम् कार्यक्रमका मुख्य अतिथि महा प्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९-०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको बारे बोल्नुभयो । वहाँले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री बाबुराम गौतमले “नेपालमा स्टार्टअप अवसरहरु” विषयमा प्रस्तुति दिनुभयो । स्टार्टअप इन्डियाका श्री अनुभव कुमार दासले “स्टार्टअप इन्डिया स्किम” विषयमा प्रस्तुति दिनुभयो । सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे Paynearby का प्रमुख कार्यकारी अधिकृत श्री आनन्द बजाजले जानकारी दिनुभयो ।
पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । Sastodeal प्रमुख कार्यकारी अधिकृत श्री अमुन थापाले Flipkart सँगको सहकार्यबारे बताउनुभयो । F1 Soft का अध्यक्ष श्री विश्वास ढकालले फाेनपे र इ सेवा भुक्तानी सेवाहरुबारे जानकारी दिनुभयो । त्यस्तै Tootle का प्रमुख कार्यकारी अधिकृत श्री शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुति दिनुभयो । भारतीय फिनटेक कम्पनी LeverageEdu का अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे जानकारी दिनुभयो ।
दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो । त्भबm खभलतगचभक का प्रमुख कार्यकारी अधिकृत श्री तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टमबारे जानकारी दिनुभयो । भारतका Projects & Startups, Internet and Mobile Association का अध्यक्ष श्री सन्दीप झिंग्रानले प्रारम्भिक चरणमा रहेको आफ्नो प्रोग्राम Mobile 10X बारे विस्तृत जानकारी दिनुभयो । भर्चुअलि कार्यक्रममा सहभागीता जनाउनु भएका Hyderabad Angles का प्रमुख कार्यकारी अधिकृत श्री रत्नाकर सामवेदमले THub को विशेष PPP मोडलबारे बताउनुभयो । वहाँले तेलाङ्गना र नेपालका स्टार्टअप इकोसिस्टमबीचको समानता बारे पनि बताउनुभयो । स्टार्टअप व्यवसायमा आबद्ध हुन चाहनेहरुका लागि स्टार्टअप इन्डिया स्किमबाट सिकेका पाठहरु र सीड फन्ड मोडल बारे पनि जानकारी दिएकाे थियाे ।
भारत–नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्न हेतु दूतावासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ । हामी शैक्षिक संस्थाहरु, स्टार्टअपहरु र लगानीकर्ताहरु लगायत नेपालका सबै सरोकारवालाहरुलाई स्टार्टअप इन्डियामार्फत भारतीय स्टार्टअपहरु र यसमा आबद्धमा सबैसँग जोडिन प्रोत्साहित गर्छौं । यस सम्बन्धमा कुनै पनि जिज्ञासा भए दूतावासको वाणिज्य प्रभागको इमेल [email protected].मार्फत जानकारी लिन सक्नुहुनेछ ।


