शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कवि केशरी र शताब्दी पुरूषको जन्म जयन्ती मनाइयो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कवि केशरी र शताब्दी पुरूषको जन्म जयन्ती मनाइयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा कवि केशरी चित्तधर हृदयको १ सय १८ औँ र वाङ्मय शताब्दी पुरूष जोशीको एक सय ५ औँ जन्म जयन्ती मनाएको छ ।

गत जेठ १८ गते मनाएको जन्म जयन्तीका बारेमा सुकुन्दा साहित्य पाःलाका सचिव एवम् कार्यक्रमका संयोजक रिदेन महर्जनले महान् व्यक्तित्वहरूको जन्म जयन्ती किन हामीले मनाउनु पर्छ भनेर गहिराईमा गएर अध्ययन अनुसन्धान गर्ने हो भने हाम्रो भाषा, साहित्य, संस्कृति लगायत अस्तित्व बचाँउन आफ्नो जीवन अपर्णका साथ संरक्षण सम्बर्द्वन गरेको गुणानुस्मरण गरी जन्मजयन्ती मनाएका जनाउँदै स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका अतिथि प्रा. डा. चन्द्रमान बज्रार्चायले नेवार समाजमा मात्र नभई नेपाली समाजका लागि नै अतुलनीय योगदान दिएका महान् व्यक्तित्वहरुको जन्म जयन्ती मनाउन सबै भन्दा ठूलो उपलब्धी भएको जनाउँदै रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरुले र शिक्षकहरुले बाहेक अन्य संघसंस्थाहरुले जन्मजयन्ती नमनाएको बारेमा ध्यानाकर्षण गराए ।

नेपाल भाषाका निम्ति आफ्नो जीवन दाउमा लगाएर आफूसित भएका सम्पूर्ण सम्पत्ति नेपाल भाषा परिष्दका लागि दान दिएर  उत्थान गर्ने कार्य गरेकाले कवि केशरी चित्तधर ‘हृदय’ नेपाल भाषाका निम्ति एउटा संस्था भन्दा पनि केही फरक नपर्ने जनाउँदै उनका व्यक्तित्व व कृतित्व बारेमा चर्चा गरे ।

कार्यक्रमका अतिथि प्रा. मदनसेन बज्राचार्यले ‘जन्मजयन्ती मनाउनकाे अर्थ उहाँहरूकाे जुन याेगदान छ त्याे याेगदान अझ अगाडी बढाउनका लागि जन्मजयन्ती मनाएकाेप्रति प्रंशसा गर्दै वि.सं. २०३० सालमा  सबैभन्दा पहिले रचना गरिएकाे ‘जि छफ्वः स्वां’ र ‘गुरूवर सत्य छ गुलितक्क महान्, कविता वाचन  गरेका थिए । उनले भाषारत्न एवम् वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी पारसमणी समान बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्दै एम. ए. नेपालभाषा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको मुख्य उद्देश्य जागिर खाने भएता पनि हाम्रो, भाषा, साहित्य, संस्कृति, कला लगायत विविध पक्षको संरक्षण, सम्बर्द्वन गर्ने तिर पनि विशेष ध्यान जानु पर्नेमा जोड दिए ।

कार्यक्रम सञ्चालक मातृभाषासेवी पवित्र कंसाकारले कवि केशरी चित्तधर हृदयकाे जेठ २० गते र  जेठ १९ गते वाङ्मय शताब्दी पुरूष जोशीको जन्म दिन परे पनि  एकैदिन पारेर जन्म जयन्ती मनाएकाे जनाउँदै भाषारत्न एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषामा  रचना गर्नु भएकाे  ‘सुर्द्यःया जः’ कविता गर्नुका साथै लोककवि राजभाई जकःमिले कवि केशरी चित्तधर ‘हृदय’, भाषारत्न एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारेमा कविता वाचन गरेका थिए ।

कार्यक्रममा आर. आर. क्याम्पसका नेपालभाषा शिक्षिकाहरु श्रीमिला सुवाल, दिपना शर्माहरुको अतिथिका रुपमा पाल्नु भएको थियो । कवि अर्जुन नेपाःमिका वर्ण मात्रिक छन्दको ‘हकया गथः’ कविता, कविताया महलका  साथै सोही क्याम्पसका एम. ए. चौथो सेमेष्टरका विद्यार्थी रुपा शाहीले “हे प्रभु सुखया ह्यूपा गुब्ले” कविता वाचन गरेका थिए । साे कार्यक्रम सफल बनाउन सहयोगी हातहरुलाई सुकुन्दा साहित्य पाःलाः का सदस्य सुरज तन्दुकारले हृदयदेखि सबैलाई  कृतज्ञता ज्ञापन व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति प्रशान्त डंगोलले नेपालभाषा अभियान्ताहरुको अथक प्रयास मेहनतले नेपालभाषा क्षेत्रमा आइरहेको अवसरको उचित सदुपयोग गर्न र नयाँ पुस्तालाई सो अवसरको उचित सदुपयोग गराउन, भाषारत्न एवम् शताब्दी पुरुष सत्यमोहन जोशी र कवि केशरी चित्तधर हृदयको योगदानको बारेमा अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गर्न गराउन, नेपालभाषा अभियानाको उपलब्धि संस्थागत गर्न गराउन, महान् व्यत्तित्वका धनी सत्यमोहन जोशी र चित्तधर ‘हृदय’ ले दिनु भएको योगदान सम्मान गर्दै उहाँहरुको विभिन्न कृतिहरुको अध्ययन अनुसन्धान गर्न प्रोत्साहान गर्न, अ‍ाशा सफुकुथि, लोक साहित्य परिषद, च्वसा पासा र नेपाल भाषा एकेडेमी जस्ता विभिन्न संघसंस्थाहरुको उचित संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्न गराउन रहेको भन्दै सम्पुर्ण नेपाल भाषा अभियान्ताहरुको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

 

यो पनि पढ्नुहोस्

भौतिक पूर्वाधार विस्तार योजना १०९ सामुदायिक विद्यालयमा कार्यान्वयन

भौतिक पूर्वाधार विस्तार योजना १०९ सामुदायिक विद्यालयमा कार्यान्वयन

११ घण्टा अगाडि
धनगढी उपमहानगरपालकाले सामुदायिक विद्यालयलाई नमूना बनाउने

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक