सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रमुख राजनीतिक दलका नेताहरुबीच परामर्श

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रमुख राजनीतिक दलका नेताहरुबीच परामर्श
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पास भैसकेको र बजेटमाथिको छलफलसमेत चलिरहेको अवस्थामा प्रमुख राजनीतिक दलका नेताहरुबीच परामर्श भएको भएको छ ।

सोमबार बिहान मात्रै प्रमुख दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको हो ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो ।

तीन नेताबीच बजेट र छानबिन समितिको काम कारवाहीबारे छलफल भएको भएको बताइए पनि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई कसरी टुंग्याउन सकिन्छ भनेर दुई शीर्ष नेताहरुसँग छलफल गरेको बुझिएको छ ।

‘एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्रीले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्नु भएको हो, यो विषयमा अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएकाले तीन नेताहरुबीच छलफल भएको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलको मुख्य विषय बनाइएको भए पनि प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सवाललाई पनि छलफलमा ल्याएका थिए । त्यसपछि बजेटका बारेमा छलफल गर्न होला भनेर छलफलमा पुगेका देउवा एकाएक प्रचण्डसँग पड्किएका थिए ।

उनी ‘मलाई असम्बन्धित कुरामा बोलाउने ? तपाईहरु मिल्नुस् न मलाई किन मुछ्नुहुन्छ ? यसको लिड ओलीले गर्नुहुन्छ’ भनेर प्रचण्डसँग झोँक्किएका थिए ।

देउवाले आफूलाई बजेटका विषयमा छलफल गर्न बोलाइएको होला भन्दै गएको तर संक्रमणकालीन मुद्दाका विषयमा विवादमा तान्न खोजिएकोसमेत कांग्रेस नेताहरुसँग जनाएका छन् ।

संक्रमणकालीन न्यायलाई नै निष्कर्षमा पुर्याउने बहाना रचेर प्रचण्डले कांग्रेससँगको सत्तागठबन्धन तोडेर एमालेसँग जोडिएको प्रतिक्रिया दिएका थिए । त्यही सन्दर्भ सम्झेर देउवाले प्रचण्डलाई कडा जवाफ दिएका हुन् । त्यस बाहेक सर्वोच्च अदालतलले रवि लामिछानेको सहकारी ठगीबारे कास्की प्रहरीमा परेको उजुरीको मागेको विषय र अन्य केही ससामयीक विषयहरुबारे पनि छलफल भएको स्रोतको दाबी छ ।  सोमबार बिहान नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रधानमन्त्रीले छलफल गरेका छन् । संसदमा प्रस्तुत बजेटको विषयमा नेता नेपालले असहमति प्रकट गरेका थिए ।

‘बजेटबारे उहाँका केही सान्दर्भिक विषयहरु रहेछन् त्यसलाई सम्बोधन गर्नुपर्ने देखियो’, प्रधानमन्त्री र माधव नेपालबीचको भनाई उधृत गर्दै स्रोतले जनायाे ।

माधव नेपालसँगको भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको थियो । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन । त्यसैगरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन् । तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न नसकेको अवस्थामा प्रधानमन्त्रीले नेपाललाई बोलाएर छलफल गरेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१५ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक