बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्र बचाउन अघि बढ्नुपर्ने बेला भयाे : वरिष्ठ नेता रामचन्द्र पौडेल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
राष्ट्र बचाउन अघि बढ्नुपर्ने बेला भयाे : वरिष्ठ नेता रामचन्द्र पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने तर्क गरे । वरिष्ठ नेता पौडेलले भने, ‘यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैबाट षडयन्त्र भइरहेको छ । यसलाई बचाउनका लागि सबै दलहरू एक ठाउँमा हुने कि नहुने रु यसलाई जोगाउनका लागि एक ठाउँमा हुने कि नहुने रु काँग्रेस र कम्युनिस्ट एक ठाउँमा मिल्ने कि नमिल्ने रु यी दुइटा ल्याएको यो व्यवस्था हो । त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ सभामुख महोदय । राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ । र, अराजकताबाट देशलाई बचाउनु छ सभामुख महोदय । लोकतन्त्र जकडिएको अवस्थामा छ सभामुख महोदय ।’

उनले थपे, ‘मैले फिल गरिरहेको छु–लोकतन्त्र जकडिएको अवस्था छ । अति दलबन्दीबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । पूर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । र, यो विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ सभामुख महोदय । र, यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने । यसको लागि पनि सहमतिको खोजी गर्नु पर्छ कि पर्दैन रु म यो प्रश्न गरिरहेको छु । र, हाम्रो सामाजिक, सांस्कृतिक स्खलन पनि डरलाग्दो छ । सामाजिक मूल्यहरूको स्खलन, सांस्कृतिक मूल्यहरूको स्खलन त्यो भइरहेको छ । यो पनि एउटा राष्ट्रिय सङ्कटको रूपमा छ । यो सङ्कटबाट मुक्त हुनका लागि एक हुने कि नहुने रु यो प्रश्न छ सभामुख महोदय ।’

नकारात्मक र निराशाका घण्टीहरू बजिरहेको बताउँदै यसलाई सकारात्मक दिशा दिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘त्यसका लागि एकताको आवश्यकता पर्छ कि पर्दैन रु यो पनि मेरो प्रश्न छ सभामुख महोदय । वास्तवमा मलाई भनौँ कि नभनौँ–नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ । राष्ट्रिय नेतृत्वको अभाव । र, राष्ट्रिय नेतृत्वको अभाव मात्रै होइन । राष्ट्रिय आत्मविश्वासको अभाव । यहाँ स–साना कुरामा पनि हामी त कहीँ गइहाल्यो नि भन्ने । आत्मविश्वास छैन । आफूप्रति विश्वास छैन । राष्ट्रिय आत्मविश्वासको पनि अभाव आज यो राष्ट्रिय सङ्कटको रूपमा देखिराखेको छु सभामुख महोदय ।’

‘यही सदनमा अस्तिसम्म मैले सुनिराख्छु भाषण । लक्ष्यदार भाषण १०र१५ मिनेट गएको गएकै छ । निशाना एकातिर हुन्छ त्यो भाषणको । लास्टमा गएर के भन्छ–भोटमा म यता हाल्छु । निशाना उत्तापट्टि छ । भोट चाहिँ मैले यता हाल्नु पर्छ । यो कुन विरोधभाषमा हामी बाँचेका छौँ । यस्तो विरोधाभासबाट हामीले मुलुकलाई जोगाउनुपर्नेछ । हामी आफैँ भित्रका विरोधाभाषहरुबाट हामी माथि उठ्ने कि नउठ्ने रु आज नेपालीले छातीमा हात राखेर, हाम आफै भित्रको विरोधाभासबाट माथि उठेर यो राष्ट्रलाई जोगाउने कि नजोगाउने रु यो राष्ट्रलाई एकताबद्ध गर्ने कि नगर्ने रु यो मुलुकमा राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गर्ने कि नगर्ने सभामुख महोदय । त्यसो भएको हुनाले म सभामुख महोदय, राष्ट्रिय सहमति गरौँ । राजनीतिक संस्कृतिको जगेर्ना  गरौँ । र, सबैले मिलेर राष्ट्र निर्माण गरौँ । र, राष्ट्रलाई निर्माण गर्नमा, देशलाई बनाउनमा हामी एक ठाउँमा जुटौँ । र, आकाशबाट निराशाको कालो बादललाई फटाउनका लागि राष्ट्रिय सहमतिको आधारमा हामी अगाडि बढौँ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१० मिनेट अगाडि
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

१६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक