बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प गयाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्प गयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन । आज सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।

बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।  गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो ।

आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरुले जनाएका छन् ।अन्य सार्वजनिक यातायातका सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।

जापानमा भूकम्पको धक्का महसुस हुनु सामान्य मानिन्छ । सन् १९२३ मा जापानको राजधानी टोक्यो शहरमा भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो । बीबीसीका अनुसार त्यतिबेला १ लाख ४० हजार जनाको ज्यान गएको थियो भने टोक्यो शहर भग्नावशेष बनेको थियो । त्यसपछि जापानमा भूकम्प प्रतिरोधी संरचनामा जोड दिइयो । सन् २०११ को भूकम्पमा अग्ला गगनचुम्बी भवनहरू हल्लिए पनि भत्किएका थिएनन् । त्यतिबेला भूकम्पले नभई सुनामीका कारण धेरैको ज्यान गएको थियो ।

बीबीसीका अनुसार जापानमा नयाँ भवन निर्माण गर्दा जगमा नै ‘साइस्मिक आइसोलेशन’ भनिने भूकम्प प्रतिरोधी प्रविधि जडान गरिने भएकाले भूकम्पले धेरै क्षति पुर्‍याउँदैन ।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

३ दिन अगाडि
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अनन्त ब. सहकारी संस्थाले वचत रकम फिर्ता दिन थाल्याे

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक