बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विभिन्न निकाय बिचमा अनिवार्य सहकार्य’ गर्नु पर्नेसहित प्रस्ताव दर्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विभिन्न निकाय बिचमा अनिवार्य सहकार्य’ गर्नु पर्नेसहित प्रस्ताव दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय  सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको खोजी माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा दर्ता गरेका छन् । सांसद पौडेलले अतिक्रमण भएका ‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बिचमा अनिवार्य सहकार्य’ गर्नु पर्नेसहित दुईवटा प्रस्ताव दर्ता गराएका हुन् ।

दुई वटै प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र  सपना राजभण्डारीको समर्थन रहेको थियो । उनले विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा राजनीतिक पँहुच र आग्रह–पूर्वाग्रहका आधारमा, स्वार्थ समूहहरूसँग मिलेमतो गरी विभिन्न व्यक्ति, सङ्घ–संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा कतिपय निःशुल्क भाडामा वा लिजमा दिइएको भन्दै शक्ति र पहुँचको दुरुपयोग गर्दै हुने सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र विगतमा अतिक्रमित भएका सार्वजनिक जग्गालाई नेपाल सरकार मातहतमा ल्याउन प्रस्ताव गरेका छन् ।

विशेषगरी काठमाडौं उपत्यका लगायत मुख्य सहरी क्षेत्र तथा घना बस्ती बिचमा रहेका सार्वजनिक जग्गा विभिन्न बहानामा व्यक्तिले अपचलन गरिरहेको हुँदा त्यस्ता जमिन तत्काल मुक्त गराई पार्क, खेल मैदान वा अन्य सामुदायिक उपयोगमा ल्याउन व्यवस्थित कार्य योजना आवश्यक रहेकोले उक्त प्रस्ताव दर्ता गरिएको सांसद पौडेलले बताएका छन् ।

त्यसैगरी, हालसम्म नेपाल सरकारले सार्वजनिक जग्गाको खोज तथा व्यवस्थापन गर्न बनाएका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गर्न र सार्वजनिक भएका प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न उनले प्रस्तावमा राखेका छन् । सार्वजनिक जग्गाको वैज्ञानिक अभिलेख राख्दै यसको एकीकृत व्यवस्थापन गर्न र केन्द्रीकृत डाटाबेसको निर्माण गरी व्यवस्थित तथा एकीकृत अभिलेख राख्ने गरी प्रणालीको विकास गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

‘अन्तर निकायहरू बिचमा अनिवार्य सहकार्यको प्रस्ताव’ मा– 

तिनै तहका सरकार एवं राज्यका अन्तर निकायहरूबीचमा समन्वय गरेर मात्र विकास गर्नुपर्ने प्रस्ताव गरेका छन् । राज्य कोषबाट खर्च भइरहेको बजेट मितव्ययी ढङ्गले उपयोग गर्न र आम नागरिकका सरोकार सँग जोडिएका सबै विषयमा जिम्मेवारपूर्ण भएर कार्य गर्ने गराउने गरि यो प्रस्ताव दर्ता गरिएको प्रस्तावमा उल्लेख छ ।

विशेष गरी काठमाडाैं उपत्यकाका लगायत मुख्य सहरी क्षेत्रमा सडक निर्माणका क्रममा बर्सेनि एउटै सडक बारम्बार भत्काउने र बनाउने कार्यले गर्दा सडकमा हुने धूलो धुवाँ तथा प्रदूषण र वर्षामा हुने हिलोका कारणले सास्ती खेप्नुपरेको छ भने यस्तो प्रदूषणले सहर नै कुरूप बनाएको उनको आरोप छ ।

यसरी बस्ती बिचको बाटो बारम्बार भत्काउँदा यातायात असहज हुने हुँदा यस्ता कार्य गर्दा आवश्यक समन्वय गरेर मात्र गर्नुपर्ने उनले सुझाएका छन् ।

‘कुनै पनि सडक पिच गर्नुपूर्व त्यस ठाउँमा ढल, खानेपानीको पाइप, बिजुलीको तार अन्डरग्राउन्ड गर्ने जस्ता विषय भए, नभएको वा आवश्यक रहेको, नरहेको भनेर यकिन गरेर मात्र काम अघि बढाउनुपर्ने वा काम विशेषका सम्बन्धित निकायहरूको तत्काल योजना भए नभएको र काम हुने क्षेत्रका उपभोक्ताको मर्मतका लागि निवेदन परे– नपरेको जस्ता विषय खोज गरी आवश्यक समन्वय गरेर मात्र कार्य गर्नुपर्ने र निर्माण भएका सडक बारम्बार भत्काउन नपर्ने गरी सुनिश्चितता हुनुपर्ने गरी राज्यका विभिन्न तहका निकायहरू बीचमा अनिवार्य सहकार्य गर्न, गराउन अनुरोध छ’ उक्त प्रस्तावमा पौडेलले भनेका छन् ।

‘राज्यका सम्पूर्ण निकायहरूबिच सम्बन्धित कुनै प्रस्तावित योजना रहेको वा नरहेको यकिन गरी योजना रहेको खण्डमा एकीकृत रूपले सम्पूर्ण विकासको कार्यक्रम अगाडि बढाउनुपर्ने’ उक्त प्रस्तावमा भनिएको छ । यस्ता योजनालाई व्यवस्थित एवम् योजनाबद्ध ढङ्गबाट अगाडि बढाउन तथा दिगो विकासमा परिणत गर्नका लागि योजना बनाउँदा दीर्घकालीन लक्ष्य राखेर निर्माण गर्नुपर्ने समेत प्रस्तावमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

६ घण्टा अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक