काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ अर्ब ५२ कराेड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २१ दशमलव ५६ प्रतिशत बढी हो।


